Comments Add Comment

आकाशको आशा

नेपाली चलचित्रमा नायक आकाश श्रेष्ठ आफ्नो भविष्य खोजिरहेका छन् । चलचित्र ‘म त तिम्रै हुँ’बाट डेब्यू गरेका आकाश अहिले नायिका पूजा शर्मासँग निरन्तर चलचित्र गरिरहेका छन् । बक्स अफिसमा आकाश अभिनित चलचित्रको व्यापार हालसम्म सुखद भने छैन । उनी कात्तिक ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पोई पर्यो काले’बाट बढी आशावादी छन् ।

आकाश आफू अझै पनि एउटा स्थान बनाउनका लागि संघर्ष गरिरहेको सुनाउँछन् । चलचित्र क्षेत्रमा आफ्नो स्थान अहिले नै कुन पोजिसनमा छ भन्ने आफूलाई थाहा नभएको उनले सुनाए । आकाश नायिका पूजासँग आफ्नो जोडी दर्शकले मन पराएका कारण पनि एकपछि अर्को चलचित्रको अफर आउने गरेको बताउँछन् ।

यसपटक उनले चलचित्रको पर्दामा ‘प्ले ब्वाई’ भूमिका निर्वाहा गरेका छन् । आफ्नो वास्तविक जीवन भन्दा विल्कुलै उल्टो भूमिका गर्नुपर्दा उनलाई सुरुवाती दिनमा अप्ठ्यारो भने भएको थियो । यसैले पनि उनले १५ दिन भन्दा बढी वर्कशप नै गरेका थिए ।

दर्शकले यसपटक आफ्नो भूमिका हेरेपछि आफ्नो बिषयमा के सोच्नुहोला भन्ने उनलाई लागेको छ । तर, आकाश चलचित्र गरेपछि आफ्नो रियल लाइफ शैली भने नबदलिने बताउँछन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment