Comments Add Comment

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

५ कात्तिक, ललितपुर । १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको गोदावरीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-५ लेले घर भई हाल सोही स्थान बस्ने २५ वर्षीय सुमन नेपाली र माहाङ्काल गाउँपालिका-३ गोटीखेल घर भएका ३० वर्षीय बिशाल तिमिल्सिना रहेका छन् ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनीहरुलाई सोमबार साँझ पक्राउ गरेको ललितपुर प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका-१४ ठैबस्थित वेलकम क्याफेमा किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्ता हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment