Comments Add Comment

काठमाडौं र ललितपुरका डेरीमा विभागको अनुगमन

५ कार्तिक, काठमाडौं । काठमाडौंमा सञ्चालित डेरीहरुले सरसफाईमा ध्यान नदिइएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा डेरीहरुले स्वस्थता र सरसफाई कायम गर्ने कुरामा ध्यान नदिइएको भेटिएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले बताए ।

विभागले दैनिक रुपमा गरिरहेको अनुगमनका क्रममा काठमाडौं र ललितिपुरका ८ डेरीले न्यूनतम सरसफाईमा ध्यान नपुर्‍याएको पाइएको विभागले जनाएको छ । सोमबार र मंगलबार ललितपुरका राजधानी डेरी, संयुक्त डेरी, सेल्स वेरी स्टोर सातदोबाटो, नेपाल डेरी तथा काठमाडौंका सामुहिक कृषक डेरी, आधुनिक डेरी प्रोडक्शन, काठमाडौं डेरी, नेशनल आइसक्रिम प्रालि अनुगमन गरिएको थियो ।

ती डेरीमा दूध तथा दही चिस्यान वैज्ञानिक नपाइएको तथा कच्चा पदार्थको भण्डारण स्वस्थकर नभएको पाइएको थियो । विभागले पहिलो चरणमा सबै डेरी उद्योगहरुलाई सरसफाईमा ध्यान दिन सचेत समेत गराएको छ । मुख्य चाडपर्वमा उपभोक्ताहरु गुणस्तरहीन खाद्यपदार्थको मारमा पर्न सक्ने भन्दै बजार अनुगमन तथा निरीक्षणलाई दैनिक रुपमा परिचालित गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment