Comments Add Comment

पर्सामा लडेर एक वृद्धको मृत्यु

५ कात्तिक, काठमाडौं । पर्सा जिल्ला अदालतको गेट अगाडि अचानक लड्दा एक जना वृद्धको ज्यान गएको छ ।

सोमबार साढे ११ बजेको समयमा वीरगञ्ज महानगरपालिका १३ मा रहेको अदालत गेट अगाडि अचानक लड्दा बेलवाका अन्दाजी ६५ वर्षीय वृद्ध हनिप मियाको घट्नास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले घट्नास्थलमा पुगेर शवको मुचुल्का लगायतका प्रारम्भीक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाउने काम भएको प्रहरीले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment