Comments Add Comment

स्रोत नखुलेको ५ लाख ८३ हजार रुपैयाँसहित एक जना पक्राउ

६ कात्तिक, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको ५ लाख ८३ हजार रुपैयाँसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारत विहार जिल्ला मोतिहारी, थाना रामगढवा वडा नं. १६ घरभई हाल वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ४८ बर्षीय कृष्ण मोहन कलवार पक्राउ परेका हुन् ।

उनको साथबाट श्रोत खुलाउन नसकेको अवैध नगद ५ लाख ८३ हजार ५ सय ६०, सुन जस्तो देखिने सिक्का २ थान, सुन जस्तो देखिने गणेश भगवानको लकेट १ थान र बिभिन्न बैंकको चेकबुक, भौचर बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिए । कलवार हुण्डी कारोबारमा संलग्न रहेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

ना.५३.प.७१५९ नम्बरको स्कुटी चलाएर आउँदै गरेको उनलाई दुई दिन अघि प्रहरीले वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको थियो । अवैध वित्तिय कारोबार अन्र्तगत पर्सा जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment