Comments Add Comment

टर्कीको सीमा क्षेत्राट कुर्दिस लडाक लखेट्न रुससँग सहमति

६ कात्तिक, काठमाडौं । सिरियास्थित टर्कीको सीमा क्षेत्रबाट कुर्दिस लडाकुलाई पर राख्न रसिया र टर्कीबीच सहमति भएको छ । मंगलबार टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोगान र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच उक्त सहमति भएको हो । दुबै देशले यसलाई ऐतिहासिक भनेका छन् ।

यो सहमतिअनुसार सिरियाको टर्कीको सीमा क्षेत्रबाट कुर्दिस लडाकुलाई टाढा राखी सीम क्षेत्रलाई ‘सुरक्षित क्षेत्र’ बनाइनेछ ।

सहमतिलगत्तै सिरियाली र रसियन सैनिकले कुर्दिस लडाकुलाई त्यस क्षेत्रबाट हटाउन सुरु गरेका छन् । त्यहाँ कुर्दिस लडाकुको कुनै कुरा सुनिएको छैन, कुर्दिस लडाकु समूहलाई टर्कीले आतंककारीको मान्यता दिएको छ ।

आगामी हप्तादेखि रसियाली टर्कीको सैनिकले सिरियाली सीमा क्षेत्रमा संयुक्त गस्ती गर्नेछन् । दुई हप्ताअघि अमेरिकाले आकस्मिक रुपमा उत्तरी सिरियाबाट आफ्नो सेना फिर्ता गरेपछि टर्की र रुसबीच यो सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment