Comments Add Comment

स्टलिङको हृयाट्रिकसँगै म्यानचेष्टरको शानदार जित

काठमाडौं । राहम स्टलिङको हृयाट्रिकसँगै म्यानचेष्टर सिटीले च्याम्पियन्स लिगा एटलान्टामाथि शानदार जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा सिटीले इटालियन क्लबमाथि ५-१ गोल अन्तरको जित हात पारेको हो ।

सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा अग्रता भने एटलान्टाले लिएको थियो । २८ औं मिनेटमा मालानोभ्स्कीले पेनाल्टी गोल गरेका थिए ।

तर ६ मिनेटपछि नै सिटीले सर्जिओ एग्युरोको गोलमार्फत बराबरी गोल फर्कायो । चार मिनेटपछि पाएको पेनाल्टीमा एग्युरोले नै गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा सिटी हावी भयो । उसका स्टर्लिङले नौ मिनेटभित्र तीन गोल गरे । ५८ औं मिनेटमा व्यक्तिगत गोलको खाता खोलेका उनले ६४ र ६९ औं मिनेटमा गोल गरे ।

खेलको ८२ औं मिनेटमा फिल फोडेनले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएपछि म्यानचेष्टर सिटीले १० खेलाडीमा खेल टुंग्यायो । ३ खेलबाट ९ अंक जोडेको सिटी समूह सीको शीर्ष स्थानमा छ भने पुछारमा रहेको एटलान्टा अंकविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment