Comments Add Comment

बैतडी डोजर आक्रमण : छानबिन समिति घटनास्थल पुग्यो

६ कात्तिक, काठमाडौं । बैतडीमा डोजरले नागरिकमाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न गठन भएको समिति घटनास्थल पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीले गठन गरेको पाँच सदस्यीय छानबिन समिति बुधबार दशरथचन्द नगरपालिका-९ ग्वाल्लेक पुगेको हो ।

समितिले छानबिन गरी ४८ घण्टाभित्र प्रतिबेदन बुझाउने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

सोमबार भएको घटनाको सर्बत्र आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलबार छानबिन समिति गठन गरेको थियो ।

अंशबण्डा नमिलेकोले केही समय सडक खन्ने काम रोक्न माग गर्दै सोमबार स्थानीयले बिरोध गरेपछि डोजर चालक किशोर बोहोराले स्थानीयमाथि डोजर चलाएका थिए । उनी मंगलबार नै पक्राउ परिसकेका छन् ।

डोजर आक्रमणबाट स्थानीय गौरा जोशीलगायत केही स्थानीय घाइते भएका थिए । गम्भीर घाइते गौरालाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।

तर, थप जाँच पश्चात समस्या नदेखिएकोले अस्पतालले उनलाई डिस्चार्जको तयारी गरेको प्रजिअ पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment