Comments Add Comment

बैतडीमा डोजरले आक्रमण गर्ने चालक पक्राउ

Photo Credit : महिलामाथि आक्रमण गर्दै डोजर । अनलाइनखबर फाइल

५ कात्तिक, काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ९, ग्वाल्लेकका बासिन्दालाई डोजरले आक्रमण गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । चालक किशोर बोहरालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

अंशबण्डाको विवाद मिलेपछि मात्रै सडक खन्न माग गर्दै आएका स्थानीयलाई डोजर चालकले डोजरको बकेटमार्फत आक्रमण गरेको भिडियो सार्वजनिक भएको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले सो भिडियो हेरेपछि आफूहरुको ध्यानाकर्षण भएको र डोजर चालकलाई पक्राउ गरिएको जानकारी दिए । उनले भने, ‘चालकलाई पक्राउ गरिसकेका छौं, कानुनअनुसार कारबाही गर्छौं ।’ चालक बोहरालाई ज्यानमार्ने उद्योगमा कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ ।

डोजर आक्रमणबाट घाइते भएका आठ जनामध्ये स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते रहेको स्थानीय हेमराज जोशीले बताए । उनका अनुसार डोजरको आक्रमणबाट गौरा अचेत छिन् ।

यो पनि पढ्नुहोस्–

बैतडीमा डोजर आक्रमण, एक महिला अचेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment