Comments Add Comment

आफतावले पोलिग्राफ टेस्ट गर्न मानेनन्

५ कात्तिक, रौतहट । राजपुर बमकाण्डको आरोपमा १२ वर्षपछि पक्राउ परेका रौतहट-२ का सासंद तथा पूर्वमन्त्री मोहमद आफताव आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेेस्ट गर्न मानेका छैनन् ।

अनुसन्धानका क्रममा आलमले झूठ बोले-नबोलेको पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय रौतहटले पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको थियो । तर, उनले मानेन् ।

‘अनुसन्धानका क्रममा आवश्यक्ता अनुसार हामीले आलमको पोलिग्राफ टेस्ट गर्ने छौं,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीन कार्कीले भने, ‘आलमले भने पोलिग्राफ टेस्ट गर्न मानेका छैनन् ।’

सोधपुछ तथा अनुसन्धानका क्रममा आरोपित व्यक्तिले झुठ बोले-नबोलेको पता लगाउन पोलिग्राफमार्फत शारीरिक प्रतिक्रिया परीक्षण गर्ने गरिन्छ । आलमले पोलिग्राफ टेष्ट गर्न नमानेको व्यहोरा उल्लेख गरी सरकारी वकिलको कार्यालयमा कागजात पेश गरिने एसपी भुपेन्द्र खत्रीले बताए ।

घटनामा प्रयोग भएको ट्याक्टरको अनुसन्धान सुरु

२०६४ चैत्र २७ गते भएको बम विष्फोटमा मारिएका र घाइते भएकाहरुलाई इँटा भट्टासम्म ओसार्न प्रयोग गरिएको ट्याक्टर प्रहरीले फेला पारेको छ ।  त्यसबेला घटनामा प्रयोग भएको ना१त ६४७२ नम्बरको ट्याक्टरको बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गहुबारीमा लुकेर घटना हेरेका मृतक ओशी अख्तरका ससुरा सरुअठाका समसुल आलमले पनि घटनाका बेला ट्याक्टरमा घाइतेहरुलाई बोरामा राखेर इँटाभट्टासम्म पुर्‍याइएको बताएका छन् ।

तत्कालीन सशस्त्र प्रहरीका एसपी रामकृष्ण लामाले नै ट्याक्टरलाई स्कटिङ्ग गरेर भट्टासम्म पुर्‍याएको समसुलको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment