Comments Add Comment

मिडफिल्डर ओजिल कहाँ छन् ?

काठमाडौं । मेसुट ओजिल कहाँ छन् ? यो प्रश्नको जवाफ दिँदादिँदा थाकिसके आर्सनलका म्यानेजर युनाइ एमरी । जर्मन मिडफिल्डर यो सिजन पि्रमियर लिगमा मात्र एक खेलमा प्लेइङ ११ मा परे । पछिल्लो लगातार चार खेलमा उनी टिममा अटाएका छैनन् ।

सोमबार उनको अनुपस्थितिले थप प्रश्न उब्जाएको छ । किनकी आर्सनलको खेलमा न सिर्जनशीलता थियो, न सेफिल्ड युनाइटेडको डिफेन्सलाई तोड्ने क्षमता । अन्त्यमा आर्सनलले १-० को हार व्यहोर्‍यो ।

ओजिलको अनुपस्थितिबारे सोधिएको प्रश्नमा एमरीलेल यत्ति भने, ‘हो, उनले हामीले सहयोग गर्थे ।’

तर आगामी दिनमा एमरीले ओजिलको अनुपस्थितिबारे थप प्रश्न सामना गर्नुपर्ने हुनसक्छ । किनकी उनी क्षमतावान खेलाडी हुन् । क्लबप्रति उनको प्रतिवद्धतामा प्रश्न उठेको छैन । धेरेको प्रश्न छ, त्यसो हो भने उनीसँग समस्या किन ?

६ वर्ष अगाडि आर्सनलमा आएका उनले १०१ खेल चोटका कारण गुमाएका छन् । तर पछिल्लो समय घाइते नहुँदा पनि खेलेका छैनन् । कहिले फिटनेस त कहिले अरु खेलाडीलाई अवसर लिएको मान्न सकिएन तर निरन्तर नखेल्दा प्रश्न उब्जिएको छ ।

एस्टनभिल्लाका पूर्वमिडफिल्डर लि हेन्ड्री आर्सनलले अवस्थालाई अलि राम्रोसँग सम्हाल्नुपर्ने बताउँछन् । ‘यो मिसम्यानेजमेन्ट हो’ उनले बीबीसीसँग भनेका छन् ।

उनी मान्छन् कि पछिल्ला दिनमा फुटबलमा यस्तै समस्या आइरहेका छन् । धेरै मूल्यको सम्झौता गरेका खेलाडीहरुले जब राम्रो प्रदर्शन गर्न सक्दैनन्, उनीहरुले कति कमाएका छन् र के गर्छन् भन्ने हेडलाइनमा आइहाल्छ । ‘उनको समयमा उनी विश्वस्तरका खेलाडी थिए तर जब त्यो स्तरको पैसा कमाउनुहुन्छ र खेल्नु हुन्न भने प्रश्न त उठिहाल्छ ।

आर्सनलले उनलाई मिस गर्छ ?

तथ्यांकले त्यही बताउँछ । आर्सनलबाट खेलेयता उनले जति अवसर अरुले सिर्जना गरेका छैनन् । यतिसम्म कि उनको नजिक समेत कोही आउन सकेको छैनन् ।

उनले ५२२ अवसर सिर्जना गरेका छन्, जबकी दोस्रो स्थानमा रहेका एरोन राम्सी २७२ मा छन् ।

उनी पछिल्लो ६ वर्षमा आर्सनलका एसिस्ट मेकर पनि हुन् । तर, अहिले दृश्यमा देखिएका छैनन् ।

सेफिल्ड युनाइटेडविरुद्धको खेलमा मिडफिल्डमा निकोलस पेपे, ग्राइन्ट छाका, जोइ विलिक, मट्टेओ गुयन्डोजी र बुकायो साका ब्लेडको ओाझेलमा परे ।

उनीहरुले शिफिल्ड युनाइटेडको मिडिफल्डको पाँच पासका तुलनामा दुईवटा मात्रै महत्वपूर्ण पास आपसमा गरेका थिए ।

ओजिल के भन्छन् ?

यस विषयमा ओजिल लामो समयसम्म मौन रहे । तर, पछिल्लो समयमा विस्तारै मुख खोल्न थालेका छन् ।

द एथलेटिकसँग कुरा गर्दै उनले भनेका छन्, ‘सन् २०१८ मा मैले जब नयाँ सम्झौतामा हस्ताक्षर गर्दा मैले यस सम्वन्धमा निकै राम्रोसँग विचार गरेको थिएँ । म एक वा दुई वर्षका लागि मात्र आएको होइन । म क्लवका लागि जति प्रतिवद्ध छु, क्लव मेरालागि त्यत्ति नै सहयोगी छ ।’

कहिलेकाहीँ खेलाडीहरु खराब समयबाट गुज्रिनुपर्ने भन्दै उनले आफू मैदान छोडेर नभाग्ने प्रष्ट पारे । कम्तिमा सन् २०२१ सम्म यही क्लवमा रहने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment