Comments Add Comment
द्वन्द्वकालमा ज्यादति :

सैनिकले कुकुरबाट बलात्कार गराएको युवतीको बयान

६ कात्तिक, काठमाडौं । अपराध र अख्तियार दुरुपयोगसँग सम्बन्धित विषय आजका दैनिक पत्रिकाहरूको मुख्य प्राथमिकतामा परेको छ ।

कान्तिपुरले द्वन्द्वकालकी यौन हिंसापीडित युवतीको बयानलाई आज मुख्य समाचार बनाएर छापेको छ । समाचार अनुसार, माओवादीले सञ्चालन गरेको युद्धमा सहभागी ती महिलाले सैनिकले नियन्त्रणमा लिएपछि आफूलाई दुई कुकुरबाट बलात्कार गराइएको बयान दिएकी छन् ।

०५७ सालदेखि तत्कालीन माओवादीले सञ्चालन गरेको विदोहमा सामेल ती महिलालाई ०५८ मा सैनिकले नियन्त्रणमा लिएर कुकुरबाट बलात्कार गराइएको युवतीकाे भनाइ छ। बर्दियाकी भए पनि युवतीको परिचय खुलाइएको छैन ।

विज्ञहरूले ती युवतीमाथि कुकुरद्वारा बलात्कार गराइएको भन्ने बयान सही हो भने यसले सशस्त्र द्वन्द्वकालमा भएको यातनाको नयाँ ढाँचालाई उजागर गरेको टिप्पणी गरेका छन् । फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीले घटना सत्य हो भने गम्भीर यसबारे अनुसन्धान हुनुपर्ने कान्तिपुरसँग बताएका छन् ।

बैतडीमा डोजरले मान्छेमाथि अन्धाधुन्ध आक्रमण गरेको विषयलाई पनि कान्तिपुरले ‘मान्छेमाथि एक्स्काभेटर’ शीर्षक दिएर प्राथमिकतापूर्वक पहिलो पृष्ठमा छापेको छ ।

कान्तिपुरले जस्तै बैतडीको घटनालाई पहिलो पृष्ठमा स्थान दिएको अन्नपूर्णले इँटाभट्टामा जलाएर हत्या गरिएकाका परिवारलाई मुद्दा फिर्ता लिन प्रलोभन देखाइएको खुलासा गरेको छ । पक्राउ परेका कांग्रेस नेता मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाएका हुन् । पीडितमध्येका एक श्रीनारायण सिंहलाई १० लाख रुपैयाँ लिएर पछि हट्न दबाब दिएको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग् खटपटपछि नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेको अर्को खबर पनि अन्नपूर्णमा छ । प्रचण्ड निवासमा मंगलबार बेलुकी भएको छलफललाई उसले यसकै दृष्टान्तका रूपमा प्रस्तुत गरेको छ ।

नागरिकले राजपुर बमकाण्डमा सांसद आलमसँगै तत्कालीन सीडिओ र प्रहरी प्रमुख छानबिनमा तानिएको लेखेको छ ।

ललितपुरका जनप्रतिनिधि नै नदी दोहनमा लागेको अर्को गम्भीर विषयलाई पनि नागरिकले आज जोडदारका साथ उठाएको छ । नागरिकका अनुसार मनपरी जनप्रतिनिधिकै संलग्नतामा नदी दोहन भइरहँदा बस्ती जोखिममा परेका छन् ।

राजधानीले प्लटिङका नाममा भएको जंगल विनाशबारे चासो देखाएको छ भने कारोबारले सगरमाथाको उचाइ यसै वर्षभित्र सार्वजनिक हुने लेखेको छ । गोरखापत्रले असंलग्नको मूल्यप्रति नेपाल प्रतिबद्ध रहेको भनेर प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलगायत विषयलाई पहिलो पृष्ठमा छापेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका पहिलो पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment