News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रालयमा श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् ।
- मन्त्रीले मन्त्रालयका निकायहरूसँग उच्च समन्वय गरेर निष्ठापूर्वक काम गर्न निर्देशन दिएका छन् ।
७ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार बिहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् । उक्त अवसरमा मन्त्रीले प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न निर्देशन दिए ।
उनले मन्त्रालयका निकायहरूसँग उच्च समन्वय गर्न पनि सुझाए । भोटेकोशी बाढीको चुनौतीपूर्ण समयमा कायम मुकायम कार्यकारी निर्देशकको रुपमा सफल कार्यसम्पादन गरेकामा धन्यवाद पनि दिए ।
मन्त्रिपरिषद्को असोज २ गते शुक्रबार बसेको बैठकले दीर्घायु कुमारलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4