+
+
Shares

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
  • सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबारको बैठकले श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए।

२ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनी यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशक थिए ।

त्यसभन्दा अघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारले वैशाख १९ गते जारी गरेको अध्यादेशका कारण स्वत: पदमुक्त भएका थिए ।

शाक्यलाई अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट हटाएकोमा सर्वोच्चको परमादेशसँगै पुनर्बहाली भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?