+
+
Shares

विद्युत् प्राधिकरणका कर्मचारीले जनही २७ हजार ‘उत्सव भत्ता’ पाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणले आफ्नो ४१ औं वार्षिकोत्सवका अवसरमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई २७ हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरेको छ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले प्राधिकरणका १३ हजारभन्दा बढी कर्मचारीलाई प्रोत्साहन स्वरूप उक्त भत्ता दिने घोषणा गर्नुभयो।
  • भत्ता वितरणका लागि प्राधिकरणले ३५ करोड रुपैयाँभन्दा बढी खर्च गर्नेछ भने मन्त्री श्रेष्ठले कर्मचारीहरूलाई थप जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो।

१ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कर्मचारीहरूलाई यस वर्ष २७ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता दिने भएको छ । प्राधिकरणको ४१ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उक्त घोषणा गरेका हुन् ।

मन्त्री श्रेष्ठले प्राधिकरणको उन्नति र प्रगतिमा अहोरात्र खटिने स्थायी, करारदेखि ज्यालादारीसम्मका सम्पूर्ण कर्मचारीहरूलाई प्रोत्साहन स्वरूप जनही २७ हजार रुपैयाँ भत्ता दिने निर्णय भएको जानकारी दिए । यो घोषणासँगै प्राधिकरणमा कार्यरत झण्डै १३ हजारभन्दा बढी कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यसअघि गत वर्ष २४ हजार रूपैयाँका दरले भत्ता वितरण गरेको प्राधिकरणले यो वर्ष बढाएर २७ हजार पुर्‍याएको हो । १३ हजार कर्मचारीलाई भत्ता वितरणमा प्राधिकरणको ३५ करोडभन्दा बढी खर्च हुनेछ ।

प्राधिकरणको हित र वृद्धि गर्दा सम्पूर्ण कर्मचारीको पिरमर्का र समस्या समाधान गर्न सञ्चालक समिति हरदम तयार रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

उनले कर्मचारीहरूको सेवा सुविधालाई कार्यसम्पादनको आधारमा आगामी दिनमा पुनरावलोकन गर्दै लैजाने समेत प्रतिवद्धता व्यक्त गरे । भत्ताको घोषणासँगै मन्त्री श्रेष्ठले कर्मचारीहरूलाई थप जिम्मेवार बन्न समेत आग्रह गरे ।

‘प्राधिकरणको सफलता केवल मेगावाट र नाफामा मात्र मापन हुँदैन, कर्मचारीको इमानदारिता र सेवाभावमा पनि मापन हुन्छ,’ उनले भने, ‘तपाईँहरूले नयाँ प्रविधि र सोच स्वीकार गरेर काममा परिणाम देखाउनुस्, सरकार तपाईँहरूको साथमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?