+
+
Shares

विद्युत् प्राधिकरणका ४० बढी कर्मचारी रसुवा टनेलमा फसेको भन्दै आफन्त पुगे प्रधानमन्त्री कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको जलविद्युत आयोजनास्थलमा नेपाल विद्युत प्राधिकरणका ४०/४५ कर्मचारी टनेलमा फसेको भन्दै आफन्त प्रधानमन्त्री कार्यालय पुगेका छन्।
  • कपिलवस्तुकी सिता अधिकारीले श्रीमान्सहितका कर्मचारीसँग १० भदौ बिहान ७ बजेदेखि सम्पर्क नभएको र रेक्यु हुन ढिलाइ भएको बताइन्।
  • उनले विदेशबाट मगाएर भए पनि रेक्यु गर्न र सरकारले के गर्दैछ भन्ने प्रश्नको जवाफ दिन आग्रह गरिन्।

१२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ४०/४५ जना कर्मचारी रसुवामै टनेलमा फसेको भन्दै आफन्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

कपिलवस्तुकी सिता अधिकारीका अनुसार उनका श्रीमान् कुलेखानी तेस्रोबाट रसुवा ३ ए जलविद्युत आयोजनामा गएका थिए ।

‘टनेल भित्र फस्नु भएको छ होला भन्ने छ । तर रेक्यु पहल भएको छैन । ४०/४५ जना सरकारी कर्मचारी रहेका छन् । हामी कहाँ जाने ?’ उनले प्रधानमन्त्री कार्यालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै भनिन् ।

रेक्युको प्रयास भएको छ कि छैन थाहा पाउन नसकेको बताइन् । काममा ढिलासुस्ती भएको गुनासो गरिन् ।

‘विदेशबाट मगाएर भए पनि रेक्यु अुनुपर्छ,’ उनले भनिन्, अहिलेसम्म कुनै सम्पर्क छैन । तीन दिनसम्म भइसक्यो । सरकार के गर्दैछ ?’

उनले आफ्नो कर्मचारी एनइए (नेपाल विद्युत प्राधिकरण) को कर्मचारी भएको बताइन् ।

रसुवामा श्रीमानसहितका कर्मचारीहरू बिहान ७ बजे खाना खाएर तल टनेलमा काम गर्न जाने गरेको उनले बताएकी छन् । टनेलमा गएपछि सम्पर्क नहुने गरेको सुनाइन् ।

१० भदौको बिहान ७ बजेसम्म कुरा भएको तर त्यसपछि सम्पर्क हुन नसकेको बताइन् ।

रसुवामा बाढी आइसकेपछि कुरा हुन नसकेको भनेर उनले रेक्युका लागि सरकारलाई आग्रह गरेकी हुन् ।

आफ्नो श्रीमान् ३ भदौमा रसुवा गएको र उतै रहेको पनि बताएकी छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?