+
+
Shares

विद्युत् प्राधिकरणले भन्यो- ‘बाढीग्रस्त क्षेत्रमा बिजुली आपूर्तिको वैकल्पिक व्यवस्था गरिनेछ’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणले बाढीबाट विद्युत् आपूर्ति नपुगेका स्थानमा वैकल्पिक व्यवस्था अपनाउने जनाएको छ।
  • ऊर्जा मन्त्रालयका अनुसार बुधबारको भीषण बाढीले ४३१.१ मेघावाट विद्युत् क्षमतामा क्षति पुर्‍याएको छ।
  • प्राधिकरणले क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत र पुनर्स्थापना गरी प्रभावित क्षेत्रमा सेवा सुचारु गर्न प्राविधिक जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ।

१० भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बाढीबाट विद्युत् आपूर्ति हुन नसकेका स्थानमा वैकल्पिक व्यवस्था समेत अपनाउने जानकारी गराएको छ ।

बुधबार आएको भीषण बाढीले विद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । उर्जा मन्त्रालयका अनुुसार ४३१.१ मेघावाट विद्युत् क्षमतामा क्षति पुगेको छ । बाढीका कारणले विद्युत आपूर्ति हुन नसकेका स्थानमा वैकल्पिक व्यवस्था गरिने प्राधिकरणले जनाएको छ ।

बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनर्स्थापना गरी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न तीव्र रुपमा कार्य अघि बढाइएको प्राधिकरणले जानकारी गराएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित क्षेत्रमा सौर्य ऊर्जा प्रविधि मार्फत तत्काल विद्युत् सेवा पुर्याउन संयन्त्र परिचालन गरेको प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणका अनुसार बाढीका कारण विद्युत् संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा सेवा नियमित गर्न आवश्यक प्राविधिक जनशक्ति तथा स्रोतसाधन परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?