Comments Add Comment

फुर्सदिलो बने पुष्प, अब के त ?

नायक पुष्प खड्का अहिले फुर्सदिलो बनेका छन् । चलचित्र ‘मारूनी’ रिलिजपछि उनी कुनै पनि चलचित्रमा अनुबन्धित भएका छैनन् । पुष्पलाई केही चलचित्रबाट अफर भने आइरहेको छ । तर, स्क्रिप्ट चित्तबुझ्दो नभएका कारण उनी काम गर्न तयार भएका छैनन् । अनलाइनखबरसँग कुरा गर्दै पुष्पले भने–‘मन छुने स्क्रिप्ट नै आएको छैन । त्यो कहिले आउने हो, कुरिरहेको छु ।’

पुष्प आफूलाई एक्सन चलचित्रमा काम गर्ने मन भएको बताउँछन् । एक्सन चलचित्र उनको पहिलो रोजाईमा छ । उनले भने–‘मलाई अब एक्सन चलचित्रमा काम गर्ने रहर छ । अन्य चलचित्रभन्दा एक्सन चलचित्रको अफर आयो भने त्यसमा सोच्ने छु ।’

पुष्पको यो बर्ष ‘दाल भात तरकारी र मारुनी’ चलचित्र रिलिज भए । बक्स अफिसमा ‘दाल भात तरकारी’ले लगानी मात्र उठाएपनि पुष्पको कामको तारिफ भएन । बरु, उनी मह जोडीको क्रेजकै पछि खुम्चिए । उनले अभिनय गरेको चलचित्र ‘मारुनी’को व्यापार पनि सुखद बनेन । चलचित्रको व्यापार सुखद नबन्दा उनको स्टारडम खासै नदेखिएको चर्चा चलचित्र बजारमा भयो ।

अर्कोतिर, ३० लाख पारिश्रमिक मागेको बिषयले उनलाई विवादमा ल्याएको थियो । पुष्पका लागि एक्सन चलचित्रको अफर कुन निर्माताले गर्लान् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment