+
+
Shares

सुत्ने सुविधासहित मणिग्राम-काठमाडौं बस सेवा सुरू

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ७ गते १४:२०

७ कात्तिक, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई काठमाडौंसँग सडक यातायातले सिधा जोड्ने उद्देश्यले पहिलोपटक मणिग्राम-काठमाडौँ सुविधायुक्त वातानुकूलित बस सेवा सुरु भएको छ ।

बसमा तीनजना सुत्न मिल्ने गरी स्लीपर सिटको समेत व्यवस्था छ । तिलोत्तमा नगरबासी यात्रुहरुले बुटवल तथा भैरहवाबाट टिकट काटेर यात्रा गर्नुपर्दा समस्या भएकाले मणिग्राम-काठमाडौं एसी बस सेवा सञ्चालन गरिएको हो ।

नगरपालिकाले गत असोज ९ गते गरेको लगानी सम्मेलनका क्रममा यायायात क्षेत्रलाई पनि समृद्धिको आधार मान्दै यातायात क्षेत्रमा समेत लगानी आह्वान गरेसँगै व्यवसायीले तिलोत्तमालाई केन्द्रित गर्दै यातायात क्षेत्रमा लगानी गरेका हुन् ।

हरेक दिन काठमाडौंका लागि मणिग्रामबाट साँझ ७ बजे र काठमाडौंबाट मणिग्रामका लागि राति ८ बजे बस छुट्ने छ । ‘लामो यात्रामा यात्रुलाई समस्या भएपछि मणिग्रामबाट पनि एसी बस सञ्चालन गरेका हौं,’ नगरप्रमुख घिमिरेले भने ।

एसी बसको यातायात व्यवस्था कार्यालय लुम्बिनीका प्रमुख मुक्तिप्रसाद पाण्डेले उदघाटन गरेका हुन् । मणिग्रामबाट काठमाडौँको भाडा प्रतियात्रु एकहजार तोकिएको छ ।

स्लीपर सिटको भाडा प्रतियात्रु १५ सय तोकिएको छ । तिलोत्तमाले प्रस्तावित गरेको प्रादेशिक बसपार्क क्षेत्र तिलोत्तमाको टिकुलीगढबाट समेत आगामी दिनमा तीनवटा बस सञ्चालन गर्ने योजना रहेको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

सुविधाजनक सिट र स्लीपरसहितको रकेट एसी बसको सेवा शुभारम्भ गर्दै यातायात व्यवस्था कार्यालयका प्रमुख पाण्डेले यस क्षेत्रका यात्रुलाई सहज सेवा प्रदान गर्ने गरी पश्चिम नेपाल बस व्यवसायी प्रालिले गरेको कार्य सराहनीय भएको बताए ।

तिलोत्तमा नगरपालिका वडानम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारीले तिलोत्तमाले प्रस्ताव गरेको प्रदेशिक बसपार्क निर्माण कार्य आगामी पाँच वर्षभित्र गरिने बताउँदै तिलोत्तमाको मध्यभागमा पर्ने मणिग्रामबाट एसी बस सेवा सञ्चालन हुनु यस क्षेत्रका यात्रुका लागि खुशीको कुरा भएको बताए ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक रामचन्द्र भुसालले यात्रुहरुलाई स्तरीय सेवा प्रदान गर्न प्रालि प्रतिवद्ध रहेको बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?