Comments Add Comment

‘सेल्फी किङ्ग’मा विपिनको यस्तो लुक्स

चलचित्र ‘सेल्फी किङ्ग’को छायांकन ३३ दिनमा सकिएको निर्माणपक्षले जनाएको छ । दशैं अघि र दशैंपछि गरेर दुई सेड्यूलमा चलचित्रको छायांकन सकिएको निर्माणपक्षले बताएको छ । काठमाण्डौं, भक्तपुर हुदै सोलुखुम्बु, खुर्कोट, घुर्मी लगायतका स्थानमा गरिएको छ ।

‘सेल्फी किंङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकारले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथालाई यो चलचित्रले भन्नेछ ।

यो चलचित्रको शिर्ष भूमिकामा नायक विपिन कार्किले काम गरेका छन् । उनले, आफूले काम गरेको मध्ये एक उत्कृष्ट चलचित्रको रुपमा यसलाई हेरेको बताए । विशाल सापकोटाले चलचित्रको निर्देशन गरेका हुन् ।

चलचित्रमा विपिनका साथमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुरालको मुख्य भूमिा छ ।

निर्माता सुभाष थापा र दिनेश राउतले मिलेर यो चलचित्र बनाएका हुन् । चलचित्रमा बिशालकै लेखन, सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत छ । चलचित्रका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment