News Summary
Generated by OK AI. Editorially reviewed.- नवलपरासी पूर्वको देवचुली नगरपालिका–१ बोटेगाउँस्थित बौलाहा खोलामा अन्दाजी ५७ वर्षीय पुरुष मृत भेटिएका छन् ।
- कावासोती नगरपालिका–८ फलफुल चोकनजिक टरूवातर्फ जाने भित्री सडकछेउ अन्दाजी ५६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
- दुवै घटनाबारे नेपाल प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
६ कात्तिक, काठमाडौं । नवलपरासी पूर्वमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
देवचुली नगरपालिका–१ बोटेगाउँस्थित बौलाहा खोला र कावासोती नगरपालिका–८ फलफुल चोकस्थित टरूवातर्फ जाने भित्री सडकको छेउमा दुई शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
देवचुली नगरपालिका–१ बोटेगाउँस्थित बौलाहा खोलामा अन्दाजी ५७ वर्षीय पुरूष मृत भेटिएका हुन् ।
यसैगरी नवलपरासी पूर्व, कावासोती नगरपालिका–८ फलफुल चोकस्थित टरूवातर्फ जाने भित्री सडकको छेउमा अन्दाजी ५६ वर्षीय पुरूष मृत अवस्थामा भेटिएका हुन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4