+
+

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १३ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ७ गते १५:२८

७ कात्तिक, काठमाडौं । सल्यानमा कर्तव्य ज्यान मुद्दाका आरोपी १३ वर्षपछि पक्राउ परेका छन् ।

तत्कालीन काभ्रा गाविस-३ आरुचौरका ३६ वर्षीय बमबहादुर बिकलाई १३ वर्षअघि हत्या गरेको आरोपमा सोही ठाउँका डिलबहादुर पुनलाई इलाका प्रहरी कार्यालय लुहामले काभ्राको रामबजारबाट पक्राउ गरेको हो ।

डिलबहादुरलगायत ७ जनाले ०६३ कात्तिक ५ गते राति ८ बजे बमबहादुरलाई घरबाट कुट्दै लिएर हत्या गरेको आरोप छ ।

बमबहादुरको शव भोलिपल्ट विहान १० बजे वरढुंगा खोलाको छेउमा भेटिएको थियो ।

पक्राउ परेका डिलबहादुरलाई इलाका प्रहरी कार्यालय लुहाममै राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?