Comments Add Comment

फेरि अर्थमा फर्किए सचिव शिशिरकुमार ढुंगाना

७ कात्तिक, काठमाडौं । सचिव शिशिरकुमार ढुंगाना फेरि अर्थ मन्त्रालयमा फर्किएका छन् । उनी अर्थको राजस्व सचिवमा फिर्ता भएका हुन् ।

राजस्व सचिववबाट प्रधानमन्त्री कार्यालयमा गएको १० महिनापछि उनी पुनः सोही पदमा फर्किएका हुन् । उनी भावी अर्थ सचिवको बलिया उम्मेदवार हुन् ।

आगामी माघ २२ गते हालका अर्थ सचिव राजन खनालले अवकास पाउँदैछन् । त्यसपछि ढुंगानालाई नै अर्थ सचिव बनाउने योजनासहित फर्काइएको हुनसक्ने चर्चा अर्थ मन्त्रालयभित्र छ ।

राजश्व सचिव लालशंकर घिमिरेले गत भदौ दोस्रो सातामा अवकास पाएका थिए । त्यसपछि राजस्व सचिवको रिक्त थियो ।

मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयमा राजश्व प्रभावित हुन नदिने गरी हाललाई ढुंगानालाई राजस्व सचिवमा लगेको हो । यो वर्ष सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकिरहेको छैन ।

भन्सार तथा कर प्रशासनमा दख्खल राख्ने ढुंगाना २०७३ माघमा सचिव बनेका हुन् । उनले २०७८ माघमा मात्रै अवकास लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment