Comments Add Comment

टीका लगाउँदा ध्यान दिनुपर्ने कुराहरु

हिजोआज टीकाको फेसन बढ्दै गएको छ । केही समय अगाडिसम्म टीका भनेको विवाहिता महिलाले मात्र लगाउने सौन्दर्य प्रसाधनको रुपमा चिनिन्थ्यो । तर, आज पुनः यसको फेसन बढ्न थालेको छ । हिजोआज अविवाहित महिलाहरुले पनि टीका लगाउन थालेका छन् । जसमा सानो टीकाको फेसन अत्यधिक हुन्छ । विवाहित महिला हुन् अथवा अविवाहित, उनीहरु सानो टीका लगाउन रुचाउँछन् ।

हुन त टीका भनेको सौभाग्यको प्रतीक मानिन्छ । सौभाग्य महिलाको निधारमा सधैं टीका हुनुपर्छ भन्ने मान्यता रहिआएको छ । तर, हिजोआज सौभाग्यशाली, एकल महिला र युवतीहरुले पनि आफूलाई सुहाउने किसिमको टीका लगाउने गर्छन् । पहिला-पहिला टीका भन्नासाथ रातो र गोलो आकारको भन्ने बुझिन्थ्यो । आजभोलि टीका विभिन्न रंग र आकारमा उपलब्ध छन् । जसलाई आफ्नो अनुहार, छाला र पहिरन अनुरुप लगाउन सकिन्छ । टीका लगाउँदा पनि विभिन्न कुरामा ध्यान दिनु आवश्यक हुन्छ ।

टीका लगाउँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारीहरु तल प्रस्तुत छ  ।

यदि तपाईं रंगीबिरंगी सानो टीका लगाउँदै हुनुहुन्छ भने आफ्नो पहिरनको रंगसँग मेल खाने टीका लगाउनुपर्छ । यदि तपाईंले कुर्ती लगाउनु भएको छ भने यो पहिरनसँग सानो आकारको टीका लगाउँदा तपाईंलाई सुन्दर देखिन्छ ।

त्यस्तै, सानो आकारको टीका साडीहरुमा पनि अत्याधिक सुहाउँछ । विशेष गरेर पि्रन्ट तथा कटनको साडीहरुमा सानो टीका सुहाउँछ । यदि तपाई साधारणसँगै सुन्दर देखिन चाहनुहुन्छ भने हल्का मेकअपसँग सानो टीका लगाउनुपर्छ ।

सानो टीकाहरुमा विशेष गरेर कालो र रातो रंगको टीका सबै पहिरनसँग मेल खान्छ । यदि तपाईंलाई रातो टीका धेरै मनपर्छ भने तपाइर्ं यसलाई विभिन्न पहिरनहरुसँग म्याच गर्न सक्नुहुन्छ । कालो, पहेंलो, रातो, नीलो, सेतो, गाढा गुलावी, सुगा रंग, कि्रम आदि रंगका पहिरनहरुसँग रातो टीका अति नै सुहाउँछ ।

कालो रंगका टीका विशेष गरेर अविवाहितहरुले प्रयोग गर्छन् । कालो टीका हरेक प्रकारका पहिरनमा पनि सुहाउँछ । त्यसलाई पहिरनको रंगसँग मेल खानुपर्छ भन्ने हुँदैन । त्यसैले युवतीहरु कालो रंगको टीका बढी रुचाउँछन् ।

टीका चम्काउनका लागि

यदि तपाईं अग्ली हुुनुहुन्छ भने लामो आकारको टीकाभन्दा गोलो आकारको टीकाको प्रयोग गर्नुपर्छ ।

त्यस्तै, यदि तपाइर्ं होची हुनुहुन्छ भने लामो आकारको टीका लगाउनुपर्छ । यदि तपाईंको छालाको रंग गोरो छ भने गाढा रंगको टीकाको प्रयोग गर्नुपर्छ । यदि तपाई गहुँगोरी हुनुहुन्छ भने हल्का रंगको टीका लगाउनुपर्छ । पारम्पारिक देखिन चाहनुहुन्छ भने रातो र कलेजी रंगको टीकाको प्रयोग गर्नुपर्छ ।

विवाह तथा भोजका लागि

तपाईंको घरमा कसैको विवाह छ भने विभिन्न किसिमका समारोहहरु हुन्छन् । त्यस्तो स्थितिमा महिलाहरु हरेक समारोहमा सबैभन्दा भिन्न र सुन्दर देखिन चाहन्छन् । सुन्दर हेयरस्टाइल, उपयुक्त मेकअपका साथ यदि टीका पनि उपयुक्त भयो भने तपाइर्ंको अनुहार सुनमा सुगन्ध झै देखिन्छ ।

स्वयंवरको समयमा

यदि तपाइर्ं स्वयंवरमा सहभागी हुँदै हुनुहुन्छ भने टीका पनि सोही अनुसारको लगाउनुपर्छ । स्वयंवरमा यदि तपाई साधारण पहिरन लगाउदै हुनुहुन्छ भने हेवी किसिमको टीका लगाउनुपर्छ । यसो गर्दा तपाईंको साधारण पहिरन पनि सुन्दर देखिन्छ । प्रायः महिलाहरु पहिरन पनि हेभी लगाउँछन् र मेकअप पनि हेभी नै गर्छन् । साथै, टीका पनि धेरै चम्किलो किसिमको लगाउँछन् । यसले तपाईंलाई अति चम्किलो र भद्दा देखिन्छ । त्यसैले यदि तपाईं हेभी पहिरन लगाउँदै हुनुहुन्छ भने मेकअप र टीका साधारण किसिमको लगाउनुपर्छ ।

मेहन्दीको समारोहमा

मेहन्दी लगाउने दिन प्रायः सबैले हरियो पहिरन लगाउने गर्छन् । जसमा सबै सुन्दर देखिन्छन् । यदि तपाई हरियो साडीसँग कस्तो प्रकारको टीका लगाउने भन्ने सोच्नुहुन्छ भने त्यस्तो बेलामा कुनै पनि साधारण टीका लगाउन सक्नुहुन्छ । साधारण टीकाले तपाइर्ंलाई सुन्दर तथा शालीन देखिन्छ । पहेँलो पहिरनमा कलेजी र हरियो रंगमा साधारण टीका धेरै सुहाउँछ ।

विवाहको दिन

विवाहको दिन तपाईं गोलो मोती भएको टीका लगाउन सक्नुहुन्छ । लामो डिजाइनका टीकाहरुले यस्ता समारोहमा भिन्दै देखाउन सहयोग गर्छ । आज-भोलि भेल्भेटको टीका पनि भिन्दा-भिन्दै रंग र डिजाइनमा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment