Comments Add Comment

शौचालयमा के-कस्ता अनौंठो व्यवहार गर्छन् मान्छेहरु ?

इजिप्टका एक चर्चित हाँस्यब्यङ्यकार बासेम युसेफ जब बि्रटेनमा आफ्नो पहिलो शो प्रदर्शन गरिरहेका थिए । त्यतिबेला मञ्चमा एक जना अमूक व्यक्ति बिडेट (एक सानो बेसिन, जुन मलद्वार एवं गुप्ताङ धुन प्रयोग गरिन्छ) लिएर उनको सामु आए । ती अमूक व्यक्तिलाई देखेपछि युसेफले आफ्नोपन सम्झिएर र त्यही कार्यक्रममा भने ‘हामी अरबका मानिसहरु जब विदेश यात्रामा निस्कन्छौं त त्यतिबेला तीन किसिमको सामान प्याकिङ गर्न भुल्दैनौं । पहिलो पासपोर्ट, दोस्रो नगद पैसा र तेस्रोमा हातमा बोकेर हिँड्न मिल्ने बिडेट ।’

युसेफले शौचालयमा राख्ने गरिएको एक पाइप अर्थात् बिडेटलाई हावामा देखाउँदै त्यसको परिचय दिएका थिए । जसमा शौच गरिसकेपछि गर्ने स्प्रे पनि प्रयोग गरिएको थियो । अरबी भाषामा यसलाई अत्तफ र अँग्रेजीमा यसलाई ‘बम गन’ भन्ने गरिन्छ ।

उनले पश्चिमी मुलुकका नागरिकहरुलाई ब्यङ्ग्य गर्दै भने ‘हुन त अहिले पश्चिमी दुनियाँ धेेरै विकसित भइसकेको छ । तर, जब शरीर पछिको हिस्साको कुरा हुन्छ । त्यसको सरसरफाइको हिसाबले उनीहरु धेरै पछि रहेको अनुभूति हुन्छ ।’

पूर्वीय सभ्यता अनुसार हामी शौच गरिसकेपछि हात र सम्बन्धित स्थान धुने गर्छौं। तर, पश्चिमीहरु शौच गरिसकेपछि टिश्यु पेपरको प्रयोग गरेर धुनुको साँटो पुछेर काम चलाउने गर्छन् ।

‘स्यानिटरी साम्राज्यवाद’

विश्वका धेरै देशमा शौचपछि पानीको प्रयोग गर्ने गरिन्छ । तर, पश्चिमी देशका मानिसहरुको यो बानी धेरैलाई अचम्म पनि लाग्नसक्छ । किनकी टिश्यु पेपरको तुलनामा पानीबाट सफाई पनि धेरै हुन्छ र यो कागजको तुलनामा नरम पनि हुन्छ । तर पनि उनीहरु किन कागजको नै प्रयोग गर्छन् ? यस क्रममा कुनै समय यस्तो पनि थियो कि प्राचीन युनानीहरु सेरेमिकको टुक्राबाट शौच सफाई गर्ने गर्दथे । उनीहरु नै पछि अमेरिका पुगे । त्यहाँ पुगेपछि उनीहरुले मकैको खोयाले दिसा पुछ्न थाले ।

दुनियाँमा बिडेटको आविस्कार युरोपेली देश फ्रान्सले  गरेको थियो । यद्यपि, यो फ्रान्समा नै विलुप्त अवस्थामा पुगिसकेको छ । तर, आज पनि इटली, अर्जेन्टिना र दोस्रो देशमा यसको एकदमै धेरै प्रयोग हुने गरेको छ । बसेम युसेफको ‘बम गन’ फिनल्याण्डमा बढी चर्चित छ ।पश्चिमा मुलुकहरुमा धेरै मानिसहरु टिश्यु पेपरको प्रयोग गर्छन् । खास गरी अमेरिका र बि्रटेनका मानिसहरु यसको प्रयोग गर्ने गर्छन् ।

उनीहरुको यो बानी कैयौं देशहरुमा प्रचलित भइसकेको छ । चर्चित इतिहासकार बर्बरा पेनरले आफ्नो किताब ‘बाथरुम’मा यसलाई ‘स्यानिटरी साम्राज्यवाद’ भनेका थिए । तर, प्रायः मुस्लिम देशहरुमा शौचपछि पानीको नै प्रयोग हुने गरेको छ । किनकी इस्लाम शिक्षामा सरसफाईको लागि पानीको प्रयोग गर्न सल्लाह दिने गरिएको छ ।

२०१५ सालमा टर्कीले धार्मिक मामलाको निर्देशनालय सम्बन्धी ‘फतवा’ जारी गरेको थियो । त्यसमा पानी नभएको अवस्थामा मात्रै ट्वाइलेट पेपरको प्रयोग गर्न सकिने उल्लेख छ । जापानमा भने यो दुबै विकल्प जारी गरिएको छ ।

अस्ट्रेलियाको रिसर्चर जुल ओथमेनका अनुसार उनको देशमा रहेका मुसलमानहरुले ट्वाइलेट पेपरको साथसाथ पानीको पनि प्रयोग गर्न सिकेका छन् । त्यसैले बाथरुम या त बिडेट प्रयोग गरिन्छ । या त जगमा पानी हालेर शौचपछि शुद्धता कायम गरिन्छ ।

कुन पोजिसनमा गरिन्छ शौच ?

अहिले विश्वका अधिकांश देशहरुमा शौच गर्दा बसेर गर्ने चलन छ । विश्वमा दुई किसिमको पोजिसनमा शौच गर्ने चलन छ । एउटा शौचालयमा बनाईएको प्यानमा टेकेर शौच गर्ने चलन र अर्काे कमोडमा बसेर शौच गर्ने चलन । चीनबाट अमेरिकामा गएर बसेका क्यासर क्ओको बुझाईमा चीनमा हान साम्राज्यको समयसम्म दुबै किसिमको शौचालयहरु प्रयोगमा थियो । आज पनि दुबै किसिमको शौचालय प्रयोग हुने गरेको छ । यद्यपि विश्वका अलग अलग मुलुकहरुमा आ-आफ्नै शैलीका शौचालयहरु प्रयोगमा आउने गरेको पाईन्छ ।

एक अनुमानका अनुसार दुनियाँको दुई तिहाई व्यक्तिहरु दुई खुट्टा टेकेर शौचालयमा बस्ने गर्दछन् । यो सरसफाईमा ध्यान दिने व्यक्तिहरुको लागि पनि उपयोगी हुने गर्छ । यसबाट किटाणुहरुको इन्फेक्सन हुने सम्भावना पनि कम हुन्छ । बि्रटेनका अधिकांश महिलाहरु यही प्रकारको शौचालयको प्रयोग गर्ने गर्दछन् । यो शैलीमा शौच गर्दा शौच हुने प्रक्रिया पनि सहज हुने गरेको छ ।

उता, अमेरिकामा त शौचमा जानु समेत मनोरञ्जनको माध्यम बन्ने गरेको छ । कोही शौचालयमा नै अखबार लिएर जाने गर्छन् । कोही किताब लिएर शौचालय जाने गर्छन् । शौचालयमा मोबाइल लिएर भिडियो गेम खेल्दै उनीहरु जाने गर्दछन् । यद्यपि नेपालमा पनि केही सम्भ्रान्त वर्गका मानिसहरुमा यो शैलीको विकास भइसकेको छ भने मध्यम वर्गीयहरुको हकमा शौचालयमा यस्ता सामानहरु लिएर जानु असभ्य शैली मान्ने गरिएको छ ।

चीन र भारतका पनि मध्यम वर्गीयहरुले यसलाई राम्रो मान्ने गरेका छैनन् । पश्चिमाहरु समय बचाउनको लागि शौचालय जाँदा पनि किताब, अखबार जस्ता सामग्रीहरु लिएर जाने गरेका छन् ।

स्नानको सवाल

यस्तै कुरा केवल शौचको मात्रै होइन स्नानको पनि हुन्छ । हामी दैनिक बिहान उठ्छौं, दाँत माझ्छौं, शौच गर्छाैं र नुहाउँछौं पनि । ल्यान्केस्टर विश्वविद्यालयका सामाजशास्त्री एलिजावेथ शोव भन्छिन् ‘पश्चिमी सभ्यतामा बिहान छिट्टै नुहाउने चलन छ ।’ त्यो पश्चिमी सभ्यतामा मात्रै होईन । पूर्वीय सभ्यतामा पनि सूर्याेदय पूर्व नै नुहाउने चलन छ ।

यसको लागि विश्वयुद्धको समयपछि विज्ञापनमा आएको बृद्धि जिम्मेवार छ । जिम्बाबेमा लाईफब्वाय साबुन र अमेरिकामा आबरी साबुन कम्पनीले जमेर गरेको विज्ञापनले पनि यो बानी विकासमा योगदान दिएको छ । साबुनको विज्ञापनको कारण नै रेडियो र टिभीमा आउने टेलिश्रृङ्खलालाई ‘सप ओपेरा’ भन्ने गरिएको थियो । किनकी हरेक त्यस्ता सिरियलहरुको प्रायोजक साबुन निर्माताहरु नै हुने गरेका थिए ।

आज अनुहारको सफाईको लागि बजारमा धेरै फेसवासहरु पाइन्छ । शरीरको बाँकी हिस्साको लागि बडी वास पनि प्रचलनमा छ । यसको कारण यो थियो कि मानिसहरु बारबार नुहाइरहुन् । बि्रटेनमा दुई पुस्ता अघिसम्म मानिसहरु हप्तामा दुई पटक नुहाउने गर्दथे । पहिले पानी पनि दैनिक आउने गरेको थिएन । बिस्तारै पानीको नियमित वितरण हुन थाल्यो । त्यसपछि मानिसहरु दैनिक नुहाउन थाले ।

यसरी नियमित नुहाउने विषयलाई पानीको उपलब्धतासँग जोड्न राम्रो त हुँदैन । किनकी पानी पर्याप्त नहुने देश जस्तै मलाबीमा पनि बरु आधा बाल्टीले नै किन नहोस् मानिसहरु दैनिक ३/४ पटकसम्म नुहाउँछन् । यही बानी घाना र फिलिपिन्समा समेत छ । कोलम्बिया र अस्ट्रेलियाको पनि समस्या त्यस्तै हो । तर, हरेक पटक नुहाउने समयमा टाउको पनि नुहाउनु जरुरी छैन । अचम्मको कुरा त यो छ कि गर्मी ठाउँमा मात्रै होइन, ब्राजिल जस्तो चिसो ठाउँमा समेत मानिसहरु जाडो मौसममा समेत नुहाउने गर्छन् ।

दैनिक बिहान नुहाउने बानी हाम्रो कामकाजी जीवनबाट नै हुने गरेको पाइन्छ । बिहान काममा जानु पहिले उनीहरु आफैंमा तयारी गर्ने गर्छाैं । किनकी उनीहरु अरुको नजरमा नराम्रो देखिनुलाई राम्रो मान्दैनन् ।

नियमित नुहाउनु स्वास्थ्यको लागि राम्रो छ ?

यसको जवाफ पाउनै मुस्किल छ । किनकी गर्मीमा पानीले बारम्बार नुहाउँदा हाम्रो छाला सुख्खा हुने गरेको छ । यसको लागि धेरै महिलाहरु नियमित नुहाएपनि टाउको हप्तामा दुई या तीन दिनमा मात्रै नुहाउने गर्दछन् । केही मानिसहरु नुहाउँदा शरीरमा ताजगी आउने दाबी गर्छन् ।

तर, सुत्नुभन्दा पहिले नुहाउनु स्वास्थ्यको लागि राम्रो मान्ने गरिन्छ । यसैपनि सरसफाई वा नुहाईधुवाई हरेक संस्कृतिको हिसावले राम्रो कुरा हो । यद्यपि वातावरण मैत्री हिसाबले कुरागर्दा केहीपछि पश्चिमा मुलुकहरुले हप्तामा दुई दिन नुहाउनुलाई राम्रो मान्न पनि सक्छन् । ताकि धेरै पानी बर्बाद नहोस् ।

बिबिसि हिन्दीबाट भावानुवाद गरिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment