Comments Add Comment

फोटो फिचर : कस्तो रंगोली बनाउने ?

तिहारको रौनक सबैको घर-आँगनमा छाइसकेको छ । तिहारको लागि झिलिमिली बत्ति र फुलहरुले घरलाई सुन्दर बनाउन शुरुवात भैसकेको छ । अहिले अधिकांश मानिसहरु घरको सर-सफाई गर्ने, झिलिमिली बत्ति राख्ने र घरलाई फुलहरुले सजाउने कार्यमा व्यस्त छन् ।

तिहारमा घरको बरन्डा, छत, भर्‍याङमा माला र झिलिमिली बत्तिले सजाइएता पनि घरको आँगन भने रंगाली अर्थात मण्डपले नै सजाउनु पर्छ । हिजो आज रेडिमेड  रंगालीका आकर्षक पोस्टरहरु बजारमा उपलब्ध हुन थालेका छन्, जसलाई घरको आँगन अथवा कोठाको भुईंमा राख्ने गरिन्छ । तर आज पनि मानिसहरु आफ्नो हातले बनाएको रंगोली मन पराउँछन् ।

रंगोली बनाउनका लागि फुल, सूजीको पिठो र विभिन्न रंगका रंगोलीहरुको आवश्यक पर्छ । यदि यो तिहारमा तपाईं कस्तो रंगोली बनाउने भन्ने सोच्दै हुनुहुन्छ भने यहाँ दिएका डिजाइनहरुबाट तपाईंले केही आइडिया लिन सक्नु हुन्छ ।

रंगोली किन बनाउने ? यस्तो छ कारण

तिहारमा हामी आँगनमा रंगोली बनाउँछौ । कतिले यसमा स्वस्तिक चिन्ह बनाउँछन्, कतिले गणेशको आकृति । कसैले अरु कलात्मक रंगोली पनि बनाउँछन् । झिलिमिली पर्वमा रंगोलीले घरको थप शोभा बढाउँछ । यद्यपी यसको साइनो घरको सजावटसँग मात्र पनि छैन ।

खासमा कुनैपनि शुभकार्यमा रंगोली बनाइन्छ । यो लोक कला हो ।

रंगोली धार्मिक, सांस्कृतिक आस्थाको प्रतिक हो । यो आध्यात्मिक प्रक्रियाको एक महत्वपूर्ण अंग पनि हो । त्यसैले त विभिन्न हवन वा यज्ञमा पनि रंगोली बनाइन्छ । गाउँघरमा आँगन लिपपोत गरेर रंगोली बनाइन्छ । यसले भूमि शुद्धिकरण हुन्छ ।

रंगोली कस्तो हुनुपर्छ ?

१. तिहारको लागि रंगोली स्वस्तिक चिन्ह वा गणेशजीको आकृतिमा सजाउन सकिन्छ ।

२. यसमा साधारण ज्यामितिक आकार हुन्छ । त्यसमा विभिन्न देवी देवताको आकृति बनाइन्छ ।

३. रंगोलीका लागि सिन्दुर वा अन्य थुप्रै किसिमको रंग प्रयोग गर्न सकिन्छ । सुख्खा रंगहरुको प्रयोगबाट मात्रै पनि रंगोली बनाउन सकिन्छ ।

४. रंगोली बनाउनुभन्दा अघिल्लो रात नै चामललाई भिन्न भिन्नै रंगमा भिजाउने र सो रंगिन चामलले रंगोली बनाउन सकिन्छ ।

५. चामल वा मैदाको पिठोमा थरीथरीका रंग मिसाएर पनि रंगोली तयार गर्न सकिन्छ ।

६. रंगोलीलाई सायपत्री फूलले सजाउन सकिन्छ । त्यसको बिचमा वा कुनामा दियो बाल्न सकिन्छ ।

किन बनाउने रंगोली

रंगोलीको एक नाम अल्पना पनि हो । अल्पना वात्स्यायनको कामसूत्रमा वणिर्त चौसठी कलामा एक हो । यो अति प्राचीन लोक कला हो । प्राचिनका कालमा विश्वास गरिन्थ्यो कि, घरमा कलात्मक चित्र, आकृतिले धन ऐश्वर्यले परिपूर्ण हुन्छ ।

रंगोलीको उदेश्य

रंगोली धार्मिक, सांस्कृतिक आस्थाको प्रतिक मानिन्छ । यसलाई आध्यात्मिक प्रक्रियाको एक महत्वपूर्ण अंग मानिन्छ । अहिले घर आँगनमा लिपपोत गरेर रंगोली बनाइन्छ । यसले भूमि शुद्धिकरणको भावना एवं समृद्धिको आह्वान गरिएको बुझिन्छ । यसको अर्को अर्थ के पनि हो भने, हाम्रो शरीर नश्वर छ भन्ने जान्दाजान्दै पनि जीवनलाई रंगीन बनाउनुपर्छ भन्ने यसको सांकेतिक अर्थ छ । यो रचनात्मक अभिव्यक्तिको माध्याम समेत हो ।

रंगोलीको रचना

रंगोली दुई प्रकारले बनाइन्छ । सुख्खा वा गिलो । दुबैलाई एक मुक्तहस्तले र दोस्रो बिन्दुलाई जोडेर बनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment