Comments Add Comment

रिपोर्ट सार्वजनिक गर्नेमा सिटिजन्स बन्यो पहिलो, ३ महिनामा कमायो ३५ करोड

Photo Credit : फाईल तस्वीर । बैंकको बोर्ड बैठक

८ कात्तिक, काठमाडौं । सबै वाणिज्य बैंकहरुलाई पछि पार्दै सिटिजन्स बैंक इन्टरनेसनलले सबैभन्दा अगाडी वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार आर्थिक वर्ष २०७६÷७७ को पहिलो त्रैयमासको वित्तीय विवरण सार्वजनिक गर्दै सिटिजन्स २८ वाणिज्य बैंक मध्ये पहिलो बनेको हो ।

बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैयमासमा करिब ३५ करोड रुपैयाँ मूनाफा आर्जज गरेको छ ।

बैंकले ३४ करोड ९१ लाख रुपैयाँ खुद मूनाफा आर्जन गरेको हो । बैंकको अन्य प्रगतिहरु राम्रै भए पनि वार्षिक विन्दुगत आधारमा मूनाफा केहि खुम्चिएको छ । ब्याज आम्दानी भने बैंकको ७० करोड ८३ लाख रुपैयाँ देखिएको छ ।

बैंकको निक्षेप संकलनका साथै कर्जा लगानीमा समेत राम्रो सुधार भएको छ । तीन महिनाको अवधिमा बैंकले ७२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा निक्षेप करिब १९ प्रतिशतले सुधार भएको हो ।

बैंकले यस अवधिमा ६७ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैयमासको तुलनामा बैंकले १८ प्रतिशतले कर्जा लगानी बढी गरेको हो ।

बैंकको अर्को राम्रो पक्ष भनेको खराब कर्जामा सुधार हो । केहि समय अघिसम्म उच्च रहेको खराब कर्जा बैंकले लगातार घटाइरहेको छ । खराब कर्जा घटाउने क्रमलाई बैंकले यो त्रैयमासमा समेत निरन्तरता दिएको छ ।

रिपोर्ट अनुसार बैंकको खराब कर्जा ०.९८ प्रतिशतमा झरेको छ । खराबकर्जा एक प्रतिशत भन्दा कम हुनु बैंकहरुका लागि धेरै राम्रो कुरा हो । बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ २६ पैसाबाट १६ रुपैयाँ २० पैसामा झरेको छ ।

बैंकले आधारदर समेत घटाएको छ । बैंकले आधारदर १०.७५ प्रतिशतमा झारेको छ । गत वर्षको सोहि अवधिमा बैंकको आधारदर ११.४७ प्रतिशत रहेको थियो । बैंकको सीसीडी रेसियो ७८.४१ र कर्जा र निक्षेपमा दिने ब्याजदरबीचको अन्तर (स्प्रेडदर) ४.१६ प्रतिशत रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment