+
+
Shares

मेरो गिरफ्तारी राजनीतिक प्रतिशोधबाहेक केही होइन : आलम

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते १२:३०

८ कात्तिक, रौतहट । वम विस्फोट र घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको बताएका छन् ।

म्याद थपका लागि शुक्रबार अदालत उपस्थित गराउने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पूर्वमन्त्रीसमेत रहेका आलमले आफूलाई झुटो मुद्दामा फसाइएको दाबी गरे ‘मेरो गिरफ्तारी असान्दर्भिक छ, कानूनी राज्यको अवधारणाको उल्लघन हो’, उनले भने, ‘मेरो गिरफ्तारी राजनितिक प्रतिशोधबाहेक अरु केही होइन ।’

उनीमाथि ज्यानसहित तीन मुद्दामा अनुसन्धान भइरहेको छ र अदालतले थप ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

१२ वर्ष अघि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा आलमलाई २६ असोजमा पक्राउ गरिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?