Comments Add Comment

ट्विटरमा ‘हाउसफूल ४’लाई निकै नै खराब प्रतिक्रिया

आजबाट विश्व बजारमा बलिउड चलचित्र ‘हाउसफूल ४’ रिलिज भएको छ । ‘हाउसफूल’ सिरिजको यो चलचित्रलाई लिएर दर्शकमा जुन प्रकारको उत्साह रिलिज अगाडि थियो, त्यो रिलिजपछि घटेको छ ।

चलचित्रले रिलिजसँगै निकै नै खराब प्रतिक्रिया पाएको थियो । तिहारको समयमा रिलिज भएकाले पनि चलचित्रले बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको थियो । तर, चलचित्रको बुकिङ ३ दिनमा ६ करोडको पनि छैन ।

अर्कोतिर, चलचित्रले ट्विटरमा निकै नै खराब प्रतिक्रिया पाएको छ । नायक अक्षय कुमारले चलचित्रलाई बचाउन कोशिश गरेपनि यसको कथावस्तु, प्रस्तुति, संगीत, पटकथाका कारण चलिचत्र खराब बनेको प्रतिक्रिया ट्विटर प्रयोगकर्ताले दिएका छन् ।

भारतका केही समिक्षकले समेत यसलाई १ रेटिङ दिएका छन् । अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कृती सेनन, पूजा हेग्डे लगायतका कलाकारले अभिनय गरेको चलचित्रले तिहारको बिदाको फाइदा समेत नउठाउने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment