Comments Add Comment

चार्डपर्वमा घरलाई कसरी नयाँ देखाउने

चार्डपर्वको अवसर पारेर हामीलाई हाम्रो घर सफा गर्न मन लाग्छ । आफ्नो घरलाई नयाँ जस्तै बनाउने मन लाग्छ । अझ तिहार जस्तो झिलिमिलीको पर्वमा त घरलाई अझ राम्रो, सुन्दर र चिटिक्कको बनाउन मन लाग्छ । यसपटकको तिहारको अवसमा घरलाई कसरी सफा र नयाँ बनाउने त ?

बत्ती

अचेल हरेक घरका एलइडी लाइटको प्रचलन प्रारम्भ भएको छ । तिहार जस्तो उज्यालोको पर्वमा त यस्ता बत्तीको महत्व अझ बढी हुन्छ । लाइटको छनोट गर्दा तातो र चिसो भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । प्रकाशमार्फत् हामी शान्ति र आनन्दको समेत महसुस गर्न सक्छौं । त्यसैले ज्यादै चम्किलो प्रकाश दिने बत्तीको प्रयोग गर्नु हुँदैन ।

बेड रुपमा न्यायो दिने बत्ती प्रयोग गर्न सकिन्छ भने भान्सा र बैठक कोठामा शान्तिको छनक दिने शैलीको बत्तीको प्रयोग गर्नुपर्छ । कोठालाई ग्ल्यामर शैलीको बनाउने विचार आयो भने पनि न्यानो दिने शैलीका बत्ती प्रयोग गर्नुपर्छ ।

रंग रोगन

घरलाई नयाँ र आकर्षक बनाउनका लागि रंगको सबैभन्दा ठूलो भूमिका हुन्छ । किनभने, हरेक व्यक्तिले सबैभन्दा पहिला हेर्ने भनेको घरको रंग नै हो । प्रायः नयाँ घरमा कस्तो प्रकारको रंगको प्रयोग गर्ने भन्ने बारेमा निकै नै द्विविधा रहेको पाइन्छ । घरका लागि कस्तो रंग सुहाउँछ भन्ने कुरा अचेल कम्प्युटरमार्फत् पनि पत्ता लगाउन सकिन्छ ।

चार्डपर्वको अवसरमा प्रायः उज्यालो शैलीका रंगहरु प्रयोग गर्नुपर्छ । अचेल घरमा चम्किला रंगभन्दा भलाद्मी रंगहरुको प्रचलन बढेको छ । अचेल सेतो, अफ हृवाइट, हल्का पहेंलो, हल्का नीलो तथा हल्का हरियो रंगको प्रचलन बढेको छ । आफूलाई मनपर्ने रंग छनोट गर्नुका साथै सम्पूर्ण घरमा एउटै रंगको प्रयोग गर्ने सुझाव इन्टेरियर डिजाइनरहरुको रहने गरेको छ । कोठालाई आकर्षक स्वरुप प्रदान गर्न कोठामा भएका फर्निचरहरुलाई भने गाढा रंग प्रयोग गर्न सकिने छ ।

वाल पेपर

अचेल कोठाका भित्ताहरुमा विभिन्न प्रकारका रंगहरुको साटो वाल पेपर टाँस्ने प्रचलन बढेको छ । बजारमा विभिन्न आकार, प्रकार, रंग तथा गुणस्तरका वाल पेपरहरु उपलब्ध छन् । टेक्सचर्ड, सोबरदेखि थि्रडी वाल पेपर समेत बजारमा आइसकेका छन् । तपाईंले आफ्नो रोजाई र गुणस्तरका वाल पेपर प्रयोग गरेर यो चार्डपर्वको मौसममा कोठालाई सुन्दर बनाउन सक्नुहुनेछ ।

वाल पेपरको प्रयोगपछि भित्तामा रंग लगाउनु नपर्ने भएकाले पनि अचेल नयाँ-नयाँ घरहरुमा वाल पेपरको प्रयोग बढिरहेको छ । कोठामा वाल पेपर छनोट गर्दा बालबालिकाहरुको कोठामा उनीहरुको रोजाई अनुसार कार्टुनसहितको वाल पेपर प्रयोग गर्न सकिन्छ भने बृद्ध-बृद्धाको कोठामा सादा वाल पेपर प्रयोग गर्न सकिन्छ ।

पर्दा

कोठालाई आकर्षक देखाउनका लागि घरको झ्यालमा लगाइने पर्दाको पनि ठूलो भूमिका हुन्छ । बजारमा विभिन्न आकार, प्रकार, रंग तथा गुणस्तरका पर्दाहरु उपलब्ध छन् ।

कोठाका लागि पर्दाको छनोट गर्दा कोठामा भएका फर्निचर तथा भित्ताको वाल पेपरलाई पनि ध्यान दिनुपर्छ । फर्निचर र भित्ताको रंगसँग मिल्दो जुल्दो पर्दा राख्नु उपयुक्त हुन्छ । बिस्तारै जाडो मौसम प्रारम्भ हुन थालेकाले यही तिहारको अवसरमै हामीले पातला पर्दाको स्थानमा बाक्ला पर्दाहरु प्रयोग गर्न सक्छौं ।

कार्पेटिङ/फ्लोरिङ

घरको कोठालाई आकर्षक बनाउने अर्को पक्ष हो भुईंमा ओछ्याइने कार्पेट । अचेल पार्केटिङको प्रचलन खासै छैन । त्यसको स्थान अचेल टायलले लिन थालेको छ । भान्सादेखि बैठक कोठासम्म अचेल टायल प्रयोग गर्न थालिएको छ । गुणस्तरीय टायलले कोठाको भुईंलाई निकै आकर्षक बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment