Comments Add Comment

‘पोई पर्यो काले’को प्रतिक्रियाले पूजा र आकाश खुशी

आजदेखि देशभरका हलमा चलचित्र ‘पोई पर्यो काले’ रिलिज भएको छ । शिशिर राणाको निर्देशनमा तयार भएको यो चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको अभिनय छ ।

चलचित्र ‘पोई पर्यो काले’ले सिंगल हलमा सुखद ओपनिङ गरेको छ । तिहारको लामो बिदाका कारण पनि चलचित्रले शनिबारबाट अझै उत्साहजनक व्यापार गर्ने विश्वास निर्माताको छ । बलिउड चलचित्र ‘हाउसफूल ४’को निकै नै खराब प्रतिक्रियाको फाइदा यो चलचित्रले लिन सक्छ ।

चलचित्र हेर्न हलमा पुगेका दर्शकले यसको कथावस्तुलाई मन पराएका छन् । काठमाण्डौको गोपिकृष्ण हलमा पुगेका दर्शकले चलचित्रले दिन खोजेको सन्देशलाई रुचाए । अनलाइनखबरसँग प्रतिक्रिया दिदै उनीहरुले समाजमा घटिरहेको एउटा कथालाई चलचित्रले उठान गरेको र कलाकारको काम पनि राम्रो रहेको बताए ।

दर्शकसँगै बसेर चलचित्र हेरेका मुख्य कलाकारद्धय पूजा शर्मा र आकाश श्रेष्ठले दर्शकले दिएको प्रतिक्रियाले खुशी लागेको बताए । नायिका पूजा शर्माले भनिन्–‘मलाई दर्शकले कस्तो प्रतिक्रिया दिनुहुन्छ भन्ने लागेको थियो । तर, शुक्रबार नै हलमा दर्शकको उत्साहजनक उपस्थिती र सुखद प्रतिक्रियाले खुशी लागेको छ ।’

नायक आकाश श्रेष्ठले पनि दर्शकको प्रतिक्रियाले आफूले गरेको मिहिनेत सफल भएको बताए । वितरक करण क्रेजीले चलचित्रले सुखद ओपनिङ गरेको सुनाए ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment