+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गुल्मीको वामीटक्सारमा केन्द्रिय प्रसारण लाइन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते १८:१०

८ कात्तिक, गुल्मी । गुल्मीको वामीटक्सार बजारमा पहिलो पटक केन्द्रिय प्रसारणको विद्युत पुगेको छ । जिल्लाको मुसीकोट नगरपालिकाको वडा नम्बर–७ मा स्थानीय दरमखोला लघु जलविद्युतबाट निकालिएको विद्युत अवरुद्ध भएपछि केन्द्रिय प्रसारणको विद्युत लाइन जडान गरी विद्युत सुचारु गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख नारायण अर्यालले जनाकारी दिए ।

केन्द्रिय प्रसारणको विद्युत शुक्रबारबाट सुचारु भएको हो । गत असोज १७ गतेदेखि जलविद्युतको नहर पहिरोले बगाउँदा नगरपालिकाको ६ सय घर परिवार अध्यारोमा बस्न बाध्य भएका थिए ।

केन्द्रिय प्रसारणको विद्युत पुगेपछि नगरपालिकाको वडा नं ७ र ८ का बासिन्दाहरुले झण्डै एक महिनापछि विद्युत सेवा पाएको वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले बताए । पहिरोले अवरुद्ध नगर मर्मत गर्न धेरै समय लाग्ने भएपछि केन्द्रिय प्रसारणको विद्युत जडानको लागि माग गरिएको वडाध्यक्ष काफ्लेको भनाइ छ ।

नहरको कुन प्रविधिले मर्मत गर्ने र कति खर्च लाग्ने जस्ता अध्ययन मात्रै भइरहेको बताए । विद्युत अवरुद्ध हुँदा दशैंमा त्यस स्थानका स्थानीय अँध्यारोमा बस्न बाध्य थिए । विद्युत अवरुद्ध हुँदा स्थानीय सञ्चार माध्यमहरु, कुटानी पिसानी, तथा साना घरेलु उद्योगहरु र मोबाइल चार्ज गर्न नपाउँदा स्थानीय सञ्चारसेवाबाट समेत प्रभावित भएका थिए ।

दीपावली पर्व आइरहेकाले तत्कालै त्यस लघु जलविद्युतको संरचना प्रयोग गरेर १ सय केभीको ट्रान्सफर्मर जडान गरी विद्युत सुचारु गरिएको केन्द्रका प्रमुख अर्यालले जनाकारी दिए ।

दीपावलीको समयमा जसरी हुन्छ विद्युत बाल्न स्थानीयले जोड दिएपछि सबै जनशक्तिहरु लगाएर केन्द्रिय लाइन जडान गरिएको प्रमुख अर्यालले बताए । स्थानीय दरमखोला लघु जलविद्युतबाट १२५ किलोवाटको क्षमता रहेपनि ९० किलोवाट विद्युत सञ्चालन हुँदै आएको थियो ।

नगरपालिकाको अरु वडामा परोपकार लघु जलविद्युतबाट ७० किलोवाट विद्युत सञ्चालनमा छ । केन्द्रिय प्रसारणको विद्युत पुगेको वामीटक्सार बजारमा तिहारपछि थप काम गरेर सबै वडाहरुमा विद्युत सञ्चालन गरिने विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्यालले जनाकारी दिए ।

अर्यालको अनुसार मंसिर महिनाभित्र सबै वडाहरुमा केन्द्रिय प्रसारणको विद्युत सुचारु हुने बताए । त्यसको लागि आवश्यक उपकरणहरु र बजेटको माग गरिएको अर्यालले जनाकारी दिए ।

अन्य नगर तथा गाउँपालिकाहरुमा पनि विद्युत नपुगेका स्थानहरुमा पुर्‍याउको निम्ति बोलपत्र आवाहन गर्ने काम सम्पन्न भएको नेपाल विद्युत प्राधिकारण गुल्मी बितरण केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?