Comments Add Comment

छमछमी सिजन-४ को ग्राण्ड फिनाले शनिवार

८ कात्तिक, काठमाडौं । नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो रीयो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा भोलि शनिवार हुने भएको छ । काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आकर्षक प्रस्तुती सहित हुने विशेष कार्यक्रमको नेपाल टेलिभिजन र एनटीभी कोहलपुरले राती ८ः४० बजेबाट प्रत्यक्ष प्रसारण गर्नेछन् ।

२०७५ साल कार्तिक १७ गतेबाट शुरु भएको यस प्रतियोगितामा देशका ७ वटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएको थियो । काठमाडौं, विर्तामोड, ईटहरी, जनकपुर, हेटौडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा भएका अडिसन राउन्डहरुमा हजारौंको सहभागिता थियो ।

ती अडिसन राउन्डहरु पार गर्दै आएका प्रतियोगीहरु मध्येबाट हाल ५ जना प्रतियोगिहरु अन्तिम प्रतिष्पर्धामा छन् । तिनै ५ जना अन्तिम प्रतियोगीहरुबाट एसएमएस भोटिङको आधारमा १ जना विजेता छानिनेछन् भने अन्य दुई जना फस्ट रनर अप र सेकेण्ड रनर अप छानिनेछन्। कार्यक्रमको प्रायोजन चौधरी ग्रुपले गरेको छ भने बजार व्यवस्थापन कि एडभरटाइजिङले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment