Comments Add Comment

ठूलो बुवा अध्यक्ष, भतिज प्रमुख अतिथि !

८ कात्तिक, सप्तरी । सप्तरीमा शुक्रबार आयोजित एक कार्यक्रममा ठूलो बुवा अध्यक्ष र भतिज प्रमुख अतिथिको रुपमा देखिए ।

बोदे बर्साइन नगरपालिका ५ स्थित चन्द्रा नमूना माध्यमिक विद्यालयमा शुक्रबार बालिकालाई साइकल वितरण गर्न आयोजित कार्यक्रमका प्रमुख अतिथि सोही नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादव थिए । अध्यक्षता भने उनका ठूलो बुबा अर्थात मृगेन्द्रकुमार सिंह यादवले गरेका थिए । पूर्वकृषि मन्त्रीसमेत रहेका मृगेन्द्र हाल विद्यालयका अध्यक्ष छन् ।

नगर प्रमुख आतेशका पिता अनिरुद्वका चार दाजुभाईमध्ये मृगेन्द्र माइलो हुन भने अनिरुद्व साइलो हुन् । एउटै परिवारका ठूलो बुवा र भतिजा भए पनि उनीहरुको राजनीतिक पार्टी भने फरक छ । नगर प्रमुखमा आतेश तत्कालिन संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका छन् । मृगेन्द्र भने राष्ट्रिय जनता पार्टी (राजपा) मा आबद्व छन् । उनी राजपाका केन्द्रीय उपाध्यक्ष हुन् ।

भतिज प्रमुख अतिथि र ठूलो बुबा अध्यक्ष रहेको कार्यक्रममा विद्यालयको कक्षा ८ मा अध्ययनरत ५६ जना छात्रालाई साइकल वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment