Comments Add Comment

चलाख पंक्षी कागको अनौठो १५ कुरा

काग तिहार । अर्थात कागलाई पूजा गर्ने दिन । कागका सम्बन्धमा विभिन्न धार्मिक कथन रहदै आएको छ । वैदिक सनातन धर्मशास्त्रमा कागलाई यमदूत भनी उल्लेख गरिएको छ । काग कराउनुलाई ‘शुभ’ र ‘अशुभ’को संकेत मान्ने गरेको छ, नेपाली समाजले ।

नेपालमा तराईदेखि हिमालसम्म कम्तीमा पाँच प्रजातिको कागहरु अभिलेख गरिएको छ । विश्वमा भने ४० प्रजातिको काग पाइन्छ । नेपालका हिमाली भेगमा पाइने भोटे काग १० देखि १५ बर्षसम्म बाँच्न सक्छ भनिन्छ ।

काग एक अनौठो पंक्षी हो । कागका सम्बन्धमा अनेकन रोचक तथ्य सुन्ने गरिएको छ ।

१. काग निकै चलाख पंक्षी मानिन्छ । यसको मस्तिष्कको संरचना पनि करिब मान्छेको जसरी बनेको हुन्छ भनिएको छ । अरु पंक्षीको तुलनामा कागको स्मरणशक्ति राम्रो मानिन्छ । कागले मान्छेले झै नक्कल गर्न सक्छ ।

२. काग सर्वहारी पंक्षी हो । यसले जे पनि खान्छ । मासु, सिनो, अन्न सबैकुरा खान्छ । त्यसैले पनि यो दुर्लभ वा लोपोन्मुख छैन ।  कागको फ्लोरेज प्रजातिबाहेक सबै कागहरु संकटविहीन अवस्थामा छन् ।

३. विश्वको सबैजसो स्थानमा काग पाइन्छ । अन्टार्कटिकाबाहेक सबैजसो महादेशमा कागको अस्तित्व छ ।

४. रमाइलो त के भने कागको जेठो सन्तानले आफ्ना आमाबुवाका अन्य सन्तानलाई हुर्काउनका लागि सहयोग गर्छ ।

५. कागले जीवनकालभर एउटैसँग मात्र सम्बन्ध गाँस्छ । अर्थात एउटासँग मात्र जोडी बाँध्छ । एउटैसँग यौन सम्पर्क गर्छ । कागले २ देखि ४ बर्षको उमेरमा यौन सम्पर्क राख्ने गर्छ ।

६. कागले अन्डा कोरलेपछि भाले र पोथी आलोपालो गरेर ओथरा बस्छ ।

७. कागले आफ्नो साधरण आवाज बाहेक पनि अलग भाषामा कुरा गर्छ । अक्सर कुनैपनि खतराको संकेत गर्दा उनीहरु यस्तो भाषा प्रयोग गर्छन् ।

८. जब एउटा काग मर्छ, तब अन्य कागले त्यहाँ कुनै खतरा छ वा छैन भन्नका लागि परीक्षण गर्छ ।

९. कागले मान्छेको अनुहार पहिचान गर्छ ।

१०. मेक्सिकोको बैना जे यस संसारमा पाइने सबैभन्दा सानो प्रजातिको काग हो, जसको तौल केवल ४० ग्राम हुन्छ ।

११. कागलाई चालु प्रवृत्तिका मानिन्छ । कागमा बदलाको भावना लामो समयसम्म रहिरहन्छ ।

१२. काग संसारमा धेरै पहिलेदेखि अस्तित्वमा रहेको पाइन्छ ।

१३. कागले २ सय ५० थरीसम्म आवाज निकाल्न सक्छ ।

१४. जापान, चीन र कोरियामा तीन खुट्टे कागबारेका अनेकन किम्बदन्ती रहिआएको छ ।

१५. कागले बेलाबखत बिरामी वा घाइते कागलाई ठुँगेर मार्ने गर्छ । कागको यस्तो समूहलाई ज्यानमारा समेत भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment