Comments Add Comment

शिक्षा विकास निर्देशनालयका इन्जिनियर घुससहित पक्राउ

९ कात्तिक, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ बुटवलका दुई जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा करार सेवामा कार्यरत सब-इन्जिनियर सन्दिप पौडेल र जे.सी.भी. चालक बिक्रम बस्नेत छन् । उनीहरुले सेवाग्राहीबाट लिएको एक लाख २० हजार रुपैयाँसमेत बरामद भएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ता वापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियारले निगरानी सुरु गरेको थियो । सोही क्रममा शुक्रबार पौडेल र बस्नेत बुटवल उपमहानगरपालिका वडा नं. २ उजिरसिंह टोलबाट घुससहित पक्राउ परेका हुन् ।

जेसीभी चालक बस्नेत रकम लिन मतियारको रुपमा प्रयोग भएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment