Comments Add Comment

नयाँ स्वरुपमा ब्युँतिदैछ मोबाइल एसएमएस, ह्वाट्सएप संकटमा

पछिल्लो समय ह्वाट्सएप, विच्याट लगायतका असंख्य मेसेजिङ एपहरुका कारण मोबाइलमा एसएमएस पठाउने कुरा निकै दुर्लभ बनेको छ । तर एसएमएस लाई अहिले नै लोप भएको घोषणा गर्न मिल्दैन । किनकी निकट भविष्यमै पूरानो जमानाको मेसेजिङ बादशाह मानिएको एसएमएस नयाँ स्वरुपमा आउँदैछ र यसले ह्वाट्सएप जस्ता मेसेजिङ एपहरुलाई धक्का दिनेवाला छ ।

अमेरिकाका मुख्य चारवटा टेलिफोन प्रदायकहरु एटी एण्ड टी, स्प्रिन्ट, टी मोबाइल र भेरिजोनले एसएमएसलाई नयाँ प्रविधि र स्वरुपमा ब्युँताउनका लागि सहकार्य सुरु गरेका छन्।

आरसिएस अर्थात् रिच कम्युनिकेसन सर्भिसमा आधारित एसएमएस सेवा सुरु गर्नका लागि यी चार फोन सेवा प्रदायकले सहकार्य सुरु गरेका हुन् । आरसीएस भनेको यस्तो प्रविधि हो जसमा एसएमएस पठाउन तथा प्राप्त गर्नका लागि वाइफाइ वा मोबाइल डाटाको प्रयोग हुन्छ । यो सँगै मोबाइलमा हुने एसएमएस एप ह्वाट्सएप जस्ता अन्य वेब बेस्ड मेसेजिङ एप्हरुको कडा प्रतिस्पर्धी बन्नेछ ।

चारवटा टेलिकम प्रोभाइडरले साझेदारीमा सुरु गर्न लागेको नयाँ पुस्ताको एसएमएस सेवालाई मूर्त रुप दिनका लागि क्रस क्यारियर मेसेजिङ इनिसियटिभ नामक ज्वाइन्ट भेन्चरको स्थापना गरिएको छ । आगामी वर्षभित्रमा एन्ड्रोइड स्मार्टफोनमा यो एसएमएस सेवा सुरु गर्ने ज्वाइन्ट भेन्चर सिसिएमआइले जनाएको छ ।

आरसिएसमा आधारित एसएमएस सेवा सुरु भएसँगै मोबाइल प्रयोगकर्ताले हालको १ सय ६० अक्षरको साटो ८ हजार अक्षर सम्मको मेसेज एकपटकमा पठाउन सक्दछन् । साथै मेसेजिङ एपमा जस्तै आफुले गरेको एसएमएस प्रापकले हेरे नहेरेको तथा जवाफ दिनका लागि टाइप गर्दै गरेको पनि थाहा पाउन सकिन्छ ।

यसमा टेक्स्ट मेसेज मात्र ाहेइन फोटो तथा भिडियो पनि पठाउन सकिन्छ । साथै १ सय जनासम्मको ग्रुप च्याट पनि गर्न सकिन्छ । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment