Comments Add Comment

प्रियंका कार्कीले आफ्नो फ्यानहरुसँग कोकमार्फत साटिन् भावना

९ कात्तिक, काठमाडौं । नेपाली चलचित्र जगतको लोकपि्रय अभिनेत्री प्रियंका कार्कीले कोका-कोलाको जारी रहेको ग्राउण्ड एक्टिभेसन अवलोकन गरेकी छिन् । उनले पहिलो दिनको टेश्वरको भाटभटिनी सुपरमार्केट र दोस्रो दिन सेल्सबेरी चप्पल कारखानाको ग्राउण्ड एक्टिभेसनमा गएर आफ्ना फ्यानहरुसँग कोक शेयर गर्दै उनीहरुलाई पनि आफ्ना पि्रयजनहरुसँग भावना व्यक्त गर्न प्रत्सोहान गरेकी छिन् । प्रियंकाले उपभोक्ताहरुसँग कुराकानी गर्दै फोटो पनि खिचेकी छिन् ।

दोस्रो दिन उनले आˆनो परिवारसँग भ्रमण गरेकी थिइन् र आफ्नो आमाको लागि कोका-कोलाको बोटलमा ‘लभ यू मामु’  प्रिन्ट गरेर दिएकी थिइन् । उनकी आमा छोरी पि्रंयकाको तर्फबाट कोकको बोटलमा पर्शनलाइज्ड म्यासेज प्राप्त गर्दा निकै खुसी भइन् ।

दशैं र तिहारको पर्वमाकोका-कोलाले आमाहरुलाई बोलाउने पि्रय शब्द भएको ६ वटा लेबल सार्वजनिक गर्दै उपभोक्ताहरुलाई आफ्नो पि्रयजनहरुसँग भावना व्यक्त गर्न प्रत्सोहान गर्दै आएको छ । चाडपर्वको विशेष अवसरमा कोका-कोलाले आफ्नो फ्यानहरुलाई कोक बोटलमा पर्शनलाइज्ड म्यासेज पि्रन्ट गर्ने अवसर दिएको छ ।

ग्राउन्ड एक्टिभेसनमा भमणको क्रममा पि्रयंकाकार्कीले भनिन्, ‘म शुरुवात देखिनै मन खोलौं कोक सँग अभियानको हिस्सा बन्दै आइरहेको छु र प्रत्येक पटक हामीहरुलाई विशेष महसुस गराउने कोका-कोलाकोे अभियानमलाई निकै मन पर्छ । म कोकको बोटलमा आफ्नो पि्रयजनलाई म्यासेज पि्रन्ट गर्न मिल्ने अवधारणाको साच्चै प्रशंसा गर्दछु र म निश्चित छु कि उपभोक्ताहरुले पनि यसलाई मन पराइरहनु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment