+
+

छापामा आज : तत्काल सरकार छाड्न उपेन्द्रलाई चर्को दबाव

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १० गते ७:१५

१० कात्तिक, काठमाडौं । पहिलो पृष्ठमा तिहारको झल्काउने तस्वीर छापेका आजका अखबारहरूले फरक–फरक विषयलाई समाचारको रूप दिएका छन् । कुनैले कांग्रेस सभापतिको विभाग थप गर्ने प्रस्तावलाई मुख्य समाचार बनाएका छन् भने केहीले कूटनीति, रौतहट बम विस्फोटमाथि भइरहेको अनुसन्धानलगायत विषय उठाएका छन् ।

नागरिकले सत्यनिरूपण र बेपत्ता छानबिन आयोगले नेतृत्व नपाउँदा द्वन्द्वकालीन मुद्दा अलपत्र परेको लेखेको छ । ठूला राजनीतिक दलबीच मात्र नभई पदाधिकारी सिफारिस समितिभित्रै कुरा नमिल्दा संक्रमणकालीन न्यायका लागि गठित दुई आयोग अलपत्र परेका हुन् ।

कर्णालीका सडकको दूरावस्थालाई पनि आज नागरिकले उतारेको छ । ‘धराप कर्णाली सडक’ शीर्षक समाचारमा लेखिएको छ–पहिरो पन्छाउँदै गाडी चलाउँदै गर्नुपर्छ । राजमार्गमा बन्नुपर्ने पुल बनेका छैनन् । जोखिम सम्भावित क्षेत्रमा सडकले डोजरसमेत राख्न सक्दैन ।’

उपेन्द्रलाई सरकार छाड्न चर्को दबाव परेको अर्को खबर पनि नागरिकमा छ । राष्ट्रिय जनता पार्टी नेपालले सरकार छाड्ने निर्णय नगरेसम्म समाजवादी पार्टीसँग एकीकरण प्रक्रिया अघि नबढ्ने सर्त राखेपछि उनीमाथि दबाव परेको समाचारको सार छ ।

समाचार अनुसार, सरकार छाड्न दबाव परेपछि यही कात्तिक २९ र ३० गते बोलाइएको केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुने भएको छ ।

अन्नपूर्णले तिहारलाई आर्थिक कोणबाट चिहाएको छ । अन्नपूर्णका अनुसार, नेपालीको तिहार आयातमै निर्भर हुने गरेको छ । तिहारका लागि आवश्यक वस्तु स्वदेशमै उत्पादन नहुँदा भारतसहित मुलुकबाट आयात भइरहेको छ । झिलीमिली बत्ती मात्रै ६१ करोड ५५ लाखको आयात भएको छ । १ अर्ब ४६ करोड ८३ लाखको भाइमसला र ४ करोड ८० लाखको फूल आयात भएको अन्नपूर्णको हिसाब छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या २८ बाट बढाएर ४५ पुर्याउने प्रस्ताव गरेको कान्तिपुरले लेखेको छ । महाधिवेशनको संघारमा देउवाले विभाग बढाउने प्रस्ताव गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले विरोध गरेको कान्तिपुरले जनाएको छ ।

बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदारलगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस सांसद् एवं पूर्वमन्त्री मोहम्मद आफ्ताब आलममाथिको अनुसन्धानलाई अन्तिम रूप दिने तयारी गरेको अर्को खबर पनि कान्तिपुर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?