Comments Add Comment

वैदिक विधिबाट लक्ष्मीको स्तुति : लक्ष्मीको प्रिय मन्त्र के हो ?

आईतबार यमपञ्चकको तेस्रो दिन अर्थात् लक्ष्मी पूजा । सौर्यमास अनुसार यमपञ्चक सुरु भएको दोस्रो दिन भएपनि चन्द्रमास अनुसार कात्तिक कृष्ण चतुर्दशी र औंशी एकैदिन परेको छ । औशीको साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गर्ने गरिन्छ  ।

यमपञ्चकको तेस्रो दिनको महालक्ष्मीको पूजाको सम्बन्धमा वैदिक ग्रन्थहरुमा समेत पूजा विधि उल्लेख गरिएको छ । यस दिन घरलाई सफासुग्घर र लिपपोत गरेर दीपावली एवं लक्ष्मीलाई आमन्त्रण गर्ने गरिन्छ । यस दिन विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी लगायतका स्थानमा सरसफाई गरी दीपावली मनाउने गरिन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औँशीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको छ ।

महालक्ष्मीको पूजा विधिको विषयमा श्रीसूक्तले विविध किसिमको मन्त्र दिएको छ । यो वैदिक मन्त्र भएकोले यसको उच्चाहरण औंशीको दिनमा अति उत्तम मान्ने गरिएको छ । श्रीसूक्तमा भनिएको छ :

पद्मानने पद्मिनी पद्मपत्रे पद्मप्रिय

पद्मदलायताक्षि विश्वपि्रये विश्वमनोनुकूले

त्वत्पादपद्मं मयि सन्निधस्त्व ।।

अर्थात्, हे लक्ष्मी देवी, तपाईंको कमलमुखी, कमलपुष्पमा विराजमान, कमल दलको समान नेत्र भएकी, कमल पुष्पलाई मन पराउनेवाली, एवं सृष्टिको सबै जीव तपाईंसँग कृपाको कामना गर्ने गर्दछन् । तपाईं सबैलाई मनोनुकूल फल दिनेवाली हुनुहुन्छ । तपाईंको चरण सदैव मेरो हृदयमा स्थित होस् । विपुल ऐश्वर्य, सौभाग्य, समृद्धि एवं वैभवकी अधिष्ठात्री देवी श्रीमहालक्ष्मीको पूजन, अर्चना, वन्दना स्तवनको पर्व हो दीपावली । दीपावलीको अंकित दीपहरुको प्रकाशमा विष्णुपि्रया महालक्ष्मीको आहृवान गरिन्छ ।

ऋग्वेदको दोस्रो अध्यायको छैठौं सूक्तमा आनन्द कर्मद ऋषिद्वारा श्रीदेवीको समर्पित वाक्यांश पाउन सकिन्छ । यसैलाई हामी मन्त्रको रुपमा लिने गर्दछौं । त्यो मन्त्रमा भनिएको छ ।

ॐ हिरण्य वर्णा हरिणीं सुवर्णरजस्त्राम

चन्द्रा हिरण्यमयी लक्ष्मी जात वेदो म आवह ।

अर्थात्, हरित एवं हिरण्यवर्णा,  हार, स्वर्ण एवं रजतद्वारा सुशोभित, चन्द्रा र हिरण्य आभा देवी लक्ष्मीलाई, हे अग्नि ! अब तिमी आहृवान गर ।

यसपछि निम्न मन्त्रबाट लक्ष्मीलाई आफ्नो घरमा यस्तो आगमनको प्रार्थना गर्ने गरिन्छ :

हरिः ॐ हिरण्यवर्णां हरिणीं सुवर्णरजतस्रजाम् ।
चन्द्रां हिरण्मयीं लक्ष्मीं जातवेदो म आवह ।।१।।
तां म आवह जातवेदो लक्ष्मीमनपगामिनीम् ।
यस्यां हिरण्यंविन्देयं गामश्वं पुरुषानहम् ।।२।।
अश्वपूर्वां रथमध्यां हस्तिनादप्रबोधिनीम् ।
श्रियं देवीमुपह्वये श्रीर्मा देवी जुषताम् ।।३।।
कां सोस्मितां हिरण्यप्राकारामार्द्रां ज्वलन्तीं तृप्तां तर्पयन्तीम् ।
पद्मे स्थितां पद्मवर्णां तामिहोपह्वये श्रियम् ।।४।।
प्रभासां यशसा लोके देवजुष्टामुदाराम् ।
पद्मिनीमीं शरणमहं प्रपद्येऽलक्ष्मीर्मे नश्यतां त्वां वृणे ।।५।।
आदित्यवर्णे तपसोऽधिजातो वनस्पतिस्तव वृक्षोऽथ बिल्वः ।
तस्य फलानि तपसानुदन्तु मायान्तरायाश्च बाह्या अलक्ष्मीः ।।६।।
उपैतु मां देवसखः कीर्तिश्च मणिना सह ।
प्रादुर्भूतोऽस्मि राष्ट्रेऽस्मिन् कीर्तिमृद्धिं ददातु मे ।।७।।
क्षुत्पिपासामलां ज्येष्ठामलक्ष्मीं नाशयाम्यहम् ।
अभूतिमसमृद्धिं च सर्वां निर्णुद गृहात् ।।८।।
गन्धद्वारां दुराधर्षां नित्यपुष्टां करीषिणीम् ।
ईश्वरीं सर्वभूतानां तामिहोपह्वये श्रियम् ।।९।।
मनसः काममाकूतिं वाचः सत्यमशीमहि ।
पशूनां रूपमन्नस्य मयि श्रीः श्रयतां यशः ।।१०।।
कर्दमेन प्रजाभूता सम्भव कर्दम ।
श्रियं वासय मे कुले मातरं पद्ममालिनीम् ।।११।।
आपः सृजन्तु स्निग्धानि चिक्लीत वस गृहे ।
नि च देवी मातरं श्रियं वासय कुले ।।१२।।
आद्र्रां पुष्करिणीं पुष्टिं पिङ्गलां पद्ममालिनीम् ।
चन्द्रां हिरण्मयीं लक्ष्मीं जातवेदो म आवह ।।१३।।
आद्र्रां यः करिणीं यष्टिं सुवर्णां हेममालिनीम् ।
सूर्यां हिरण्मयीं लक्ष्मीं जातवेदो म आवह ।।१४।।
तां म आवह जातवेदो लक्ष्मीमनपगामिनीम् ।
यस्यां हिरण्यं प्रभूतं गावो दास्योऽश्वान् विन्देयं पूरुषानहम् ।।१५।।
यः शुचिः प्रयतो भूत्वा जुहुयादाज्यमन्वहम् ।
सूक्तं पञ्चदशर्चं च श्रीकामः सततं जपेत् ।।१६।।
पद्मानने पद्म ऊरु पद्माक्षी पद्मासम्भवे ।
त्वं मां भजस्व पद्माक्षी येन सौख्यं लभाम्यहम् ।।१७।।
अश्वदायि गोदायि धनदायि महाधने ।
धनं मे जुषताम् देवी सर्वकामांश्च देहि मे ।।१८।।
पुत्रपौत्र धनं धान्यं हस्त्यश्वादिगवे रथम् ।
प्रजानां भवसि माता आयुष्मन्तं करोतु माम् ।।१९।।
धनमग्निर्धनं वायुर्धनं सूर्यो धनं वसुः ।
धनमिन्द्रो बृहस्पतिर्वरुणं धनमश्नुते ।।२०।।
वैनतेय सोमं पिब सोमं पिबतु वृत्रहा ।
सोमं धनस्य सोमिनो मह्यं ददातु ।।२१।।
न क्रोधो न च मात्सर्य न लोभो नाशुभा मतिः ।
भवन्ति कृतपुण्यानां भक्तानां श्रीसूक्तं जपेत्सदा ।।२२।।
वर्षन्तु ते विभावरि दिवो अभ्रस्य विद्युतः ।
रोहन्तु सर्वबीजान्यव ब्रह्म द्विषो जहि ।।२३।।
पद्मप्रिये पद्म पद्महस्ते पद्मालये पद्मदलायताक्षि ।
विश्वप्रिये विष्णु मनोऽनुकूले त्वत्पादपद्मं मयि सन्निधत्स्व ।।२४।।
या सा पद्मासनस्था विपुलकटितटी पद्मपत्रायताक्षी ।
गम्भीरा वर्तनाभिः स्तनभर नमिता शुभ्र वस्त्रोत्तरीया ।।२५।।
लक्ष्मीर्दिव्यैर्गजेन्द्रैर्म्णिगणखचितैस्स्नापिता हेमकुम्भैः ।
नित्यं सा पद्महस्ता मम वसतु गृहे सर्वमाङ्गल्ययुक्ता ।।२६।।
लक्ष्मीं क्षीरसमुद्र राजतनयां श्रीरङ्गधामेश्वरीम् ।
दासीभूतसमस्त देव वनितां लोकैक दीपांकुराम् ।।२७।।
श्रीमन्मन्दकटाक्षलब्ध विभव ब्रह्मेन्द्रगङ्गाधराम् ।
त्वां त्रैलोक्य कुटुम्बिनीं सरसिजां वन्दे मुकुन्दप्रियाम् ।।२८।।
सिद्धलक्ष्मीर्मोक्षलक्ष्मीर्जयलक्ष्मीःसरस्वती ।
श्रीलक्ष्मीर्वरलक्ष्मीश्च प्रसन्ना मम सर्वदा ।।२९।।
वरांकुशौ पाशमभीतिमुद्रां करैर्वहन्तीं कमलासनस्थाम् ।
बालार्क कोटि प्रतिभां त्रिणेत्रां भजेहमाद्यां जगदीस्वरीं त्वाम् ।।३०।।
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थ साधिके ।
शरण्ये त्र्यम्बके देवि नारायणि नमोऽस्तु ते ।।३१।।
सरसिजनिलये सरोजहस्ते धवलतरांशुक गन्धमाल्यशोभे ।
भगवति हरिवल्लभे मनोज्ञे त्रिभुवनभूतिकरि प्रसीद मह्यम् ।।३२।।
विष्णुपत्नीं क्षमां देवीं माधवीं माधवप्रियाम् ।
विष्णोः प्रियसखीं देवीं नमाम्यच्युतवल्लभाम् ।।३३।।
महालक्ष्मी च विद्महे विष्णुपत्नीं च धीमहि ।
तन्नो लक्ष्मीः प्रचोदयात् ।।३४।।
श्रीवर्चस्यमायुष्यमारोग्यमाविधात् पवमानं महियते ।
धनं धान्यं पशुं बहुपुत्रलाभं शतसंवत्सरं दीर्घमायुः ।।३५।।
ऋणरोगादिदारिद्र्यपापक्षुदपमृत्यवः ।
भयशोकमनस्तापा नश्यन्तु मम सर्वदा ।।३६।।

य एवं वेद ॐ महादेव्यै च विष्णुपत्नीं च धीमहि ।
तन्नो लक्ष्मीः प्रचोदयात् ॐ शान्तिः शान्तिः शान्तिः ।।३७।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment