Comments Add Comment

भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ

१० कात्तिक, सप्तरी । १० वर्षअघि भ्रष्टाचार मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका एक जना फरार प्रतिवादीलाई सप्तरीबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका-२ निवासी ६९ वर्षीय अशोक झा रहेका छन् । जिल्ला अदालतले २०६७ साल जेठ १६ गते भ्रष्टाचार मुद्दामा झालाई १ वर्ष ६ महिनाको कैद सजाय सुनाएको थियो ।

झालाई राजविराजको गुद्री बजारबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment