Comments Add Comment

स्टोर रुमलाई पनि सजाउन सकिन्छ

प्रायः हामी घरको सजावट गर्दा बैठक कोठा, भान्सा कोठा, बेड रुम आदिलाई मात्र ध्यान दिन्छौं । तर, घरमा एउटा अर्को एउटा विशेष कोठा पनि हुन्छ, जसलाई हामी स्टोर रुमको रुपमा चिन्छौं । प्रायः हामी स्टोर कोठामा काम नलाग्ने सामानहरु थन्क्याउने गर्दछौं । फलस्वरुप, उक्त कोठामा कसैको पनि ध्यान जाँदैन, न त कसैलाई उक्त कोठा सफा गर्न मन लाग्छ ।

फलस्वरुप, उक्त कोठाका कारण घरको सौन्दर्य समेत बिग्रने सम्भावना हुन्छ । त्यसैले स्टोर रुपमको महत्व तथा आवश्यकतालाई हामीले उत्तिकै महत्व दिनु पर्छ । वास्तवमा स्टोर रुमलाई व्यवस्थित बनाएर राख्न धेरै मेनहत पनि गरिरहनु पर्दैन । स्टोरमा उपलब्ध भएको ठाउँलाई उचित तरिकाले प्रयोग गर्न सकियो भने यो कोठा आफैं व्यवस्थित बन्छ ।

ठाउँ तोक्नु पर्छ

स्टोर रुममा कुन सामान कहाँ राख्ने भन्ने कुराको निर्णय पहिला नै गरिसक्नु पर्छ । प्रायः हरेक घरमा अचारका डिब्बा, पुराना कपडाहरु, उपहारहरु, सिरक, डसना, ब्ल्याङ्केटहरु आदि धेरै सामानहरु हुन्छन्, जसलाई स्टोर रुपमा मिलाएर राख्न सकिन्छ । ती सामानहरुलाई मिलाएर राख्नका लागि प्रँरम्भमै ठाउँ तोकिनु पर्छ । दैनिक जीवनमा प्रयोगमा नआउने तर भविष्यमा प्रयोगमा आउन सक्ने अधिकांश सामानहरुलाई स्टोरमा व्यवस्थित गरेर राख्न सकिन्छ । धेरै सामान एकै ठाउँमा थुपारियो भने स्टोर रुमको स्वरुप नै बिग्रन सक्छ । त्यसैले ती सबै सामानहरुलाई मिलाएर राख्नु पर्छ ।

सूची तयार पार्नु पर्छ

स्टोरमा राख्ने सामग्रीहरुको सूची नै तयार पार्न सकिन्छ । उक्त सूचीमा स्टोरमा राखिने सामग्रीहरुको नाम तथा तीनलाई कुन ठाउँमा राख्ने भन्ने बारेमा उल्लेख गर्नु पर्छ । कुन सामान हरेक दिन प्रयोग गरिन्छ र कुन सामान कहिलेकाहिंमात्र प्रयोग गरिन्छ भन्ने कुरा पहिला नै निश्चित हुनु पर्छ । ती सामानहरुलाई भविष्यमा खोजिएको बेला भेटिन सक्ने ठाउँमा राख्नु पर्छ । यसबाहेक स्टोरमा राखिएका डब्बाहरुमा नाम लेखेर टाँस्न पनि सकिन्छ, ताकि भविष्यमा खोजिएको बेला तुरुन्ट फेला पार्न सकियोस् ।

स्टोरमा हावा

प्रायः स्टोर रुम गुम्म परेको हुन्छ । त्यसैले स्टोर बनाउँदा प्रकाश छिर्न सक्ने तथा भेन्टिलेसन सहितको बनाउनु पर्छ । यदि प्रकाश पनि नछिर्ने तथा भेन्टिलेसन पनि भएन भने स्टोर रुम गन्हाउन थाल्छ । यदि घरमा घामको किरण छिर्न पाउँदैन भने अझ होसियार हुनुपर्छ । स्टोर कोठामा मुसा आउन नदिन पनि विशेष सावधानी अपनाउनु पर्छ । यदि स्टोरमा कुनै सामग्री झुन्ड्याउनु पर्नेछ भने राम्रा हुकहरु प्रयोग गर्न सकिन्छ ।

यदि तपाईंको घर अथवा फ्ल्याट सानो छ भने पनि चिन्ता लिनु पर्दैन । यदि तपाईंको कोठाको आकार सानो छ भने बक्स पलङ प्रयोग गर्न सक्नु हुनेछ ।

ध्यान दिनु पर्ने कुराहरु

-स्टोर रुमको ढोका ठूलो हुनुपर्छ, जसका कारण ठूला सामग्री सजिलै भित्र-बाहिर गराउन सकियोस् ।

-स्टोर रुमलाई नियमित सरसफाइमा गर्नु पर्छ ।

-स्टोर रुमको भुईँ सधैं सफा भैरहनु पर्छ ।

-स्टोरमा बढीभन्दा सेल्फ हुनुपर्छ । जसका कारण सर-सामान व्यवस्थित रूपमा राख्न सकियोस् । स्टोर रुममा आलमारी पनि राख्न सकिन्छ ।

-प्रायः प्रयोगमा आउने सामानलाई सेल्फको मुनितिर राख्नुपर्छ । बाँकीलाई माथिल्लो सेल्फमा राख्नु उपयुक्त हुन्छ ।

-स्टोर रुमको भुईँमा मर्मत गरिरहनु नपर्ने सामग्री राख्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment