Comments Add Comment

चितवनमा बसको ठक्करबाट एकको मृत्यु

११ कात्तिक, भरतपुर (चितवन) ।  चितवनको खैरहनीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका-८ पर्सा बजारमा गए राति नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना६ख १७४१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ना५५प २१३१ नंको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक खैरहनी-१ बस्ने ३० वर्षीय अनिल अधिकारीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

यसैगरी नारायणी नदीको पुलबाट हाम फालेका एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार आइतबार अपराह्न ४ बजे हाम फालेका अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव नदी किनारमा फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment