Comments Add Comment

दीपिकाको ‘महाभारत’सँग संजयको फिल्मको भिडन्त

केही दिन अगाडि मात्र नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहनेगरि चलचित्र ‘महाभारत’को घोषणा भयो । यो चलचित्रमा दीपिका द्रौपदीको भूमिकामा देखिदैछिन् । यो चलचित्रको प्रदर्शन सन् २०२१ को तिहारलाई लक्षित गरिएको छ । दीपिका आफैले पनि यो चलचित्र आफ्ना लागि विशेष र चुनौतीपूर्ण रहेको सुनाएकी छिन् ।

तर, यही मितिमा बलिउडका अर्का सफल निर्देशक संजयलिला भन्सालीले नयाँ चलचित्रको घोषणा गरेका छन् । संजयले ‘बैजु बाबरा’ नामक चलचित्र बनाउने घोषणा गरेका छन् । यो चलचित्र उनले नै निर्देशन गर्न लागेको ‘गंगुबाई कठियावाडी’पछि रिलिज हुनेछ ।
संजयले पनि चलचित्रको प्रदर्शन मिति सन् २०२१ को तिहारलाई नै तोकेका छन् । योसँगै उनकी प्रिय नायिकासँग उनको चलचित्रको भिडन्त हुने पक्का भएको छ ।

संजयसँग दीपिकाले ‘रामलीला, बाजिराओ मस्तानी, पद्यमावत’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment