Comments Add Comment

८८ फिट गहिरो बोरवेलमा खसे २ वर्षे बालक

११ कात्तिक, भारत । तमिलनाडुको त्रिची शहरको नाडुकाटुपत्ती गाउँमा दुई वर्षको बालक बोरवेलमा खसेका छन् ।

शुक्रबार साँझ बोरवेल (पानीका लागि खनेको गहिरो खाडल) मा खसेका सुजित विल्सनको उद्दार प्रयास जारी छ । शुक्रबार साँझ ६ बजेबाट नै उद्दार प्रयास सुरु भएको थियो ।

पहिले अक्सिजनको सप्लाइ दिइयो । नेशनल डिजास्टर रेस्पोन्स फोर्सले बच्चाको स्थिति अनुगमन गर्न सीसीटीभी क्यामेरालाई पनि बोरवेलमा राखेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै सुजितको उद्दार सफलताका लागि प्रार्थना गरेको बताए ।

राज्यका स्वास्थ्यमन्त्री विजय भास्करका अनुसार सुरुमा सुजितको हात देखिएको थियो । त्यसैले उद्दारकर्मीहरुले हातमा डोरीले बाँधेर निकाल्ने कोशिस गरे तर सफल हुन सकेन ।

अहिले अर्को तरिकाबाट बालकको उद्दार प्रयास भइरहेको छ तर सफल हुन सकेको छैन ।

बोरवेलसँग समानान्तर एक खाडल खनेका पनि हुन् । तर १० फिट गहिरो गएपछि ढुंगा भेटियो । त्यसले मेसिन नै बिग्रियो । अर्को मेसिन ल्याएर खाडल खन्ने काम भइरहेको छ । अहिलेसम्म ४० फिट गहिरो समानान्तर खाडल खनिएको अधिकारीहरुले बताएका छन् ।

सुजित ८८ फिट गहिराइमा छन् ।

सुजित खसेको बोरवेल पानीका लागि खनिएको थियो तर, पानी नभेटिएपछि त्यहाँ जाने बाटो बन्द गरिएको थियो । हालै भएको वर्षापछि बोलवेल छोप्न बनाइएको बार हटाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment