+
+
Shares

लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १३ गते १०:४९

१३ कात्तिक, काठमाडौं । लेबनानका प्रधानमन्त्री साद अल-हरीरीले राजीनामा दिएका छन् । विगत दुई हप्तादेखि सरकारविरोधी प्रदर्शन जारी रहेका बेला प्रधानमन्त्रीको राजीनामा आएको हो ।

उनले अल्लाहले लेबनानको रक्षा गुरुन् भन्दै पदबाट राजीनामा दिएका छन् । राजीनामा दिँदै उनले भने, ‘लेबनानका जनता १३ दिनदेखि एक निर्णय पर्खिरहेका थिए, एक यस्तो राजनीतिक समाधान पर्खिरहेका थिए, जसबाट अहिलेको अवस्थामा सुधार होस् ।’

‘मैले यस क्रममा जनताको आवाज सुन्ने र देशलाई आर्थिक, सामाजिक र सुरक्षा सम्बन्धी खतराबाट जोगाउने कोसिस गरें । आज म यो कुरा तपाईंहरुबाट लुकाउँदैन । मेरो धैर्यताको बाँध टुटिसकेको छ । म राजीनामा दिँदै छु । अल्लाहले लेबनानको रक्षा गरुन् ।’

त्यसअघि उनले लेबनान राजनीतिक गतिरोधको स्थितिमा पुगेको र यो संकटबाट पार लगाउनका लागि एक आश्चर्यजनक निर्णयको खाँचो रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?