Comments Add Comment

औषधिबाट गर्भपतन गराउनु हुनसक्छ खतरनाक

आमा बन्ने इच्छा हरेक महिलाको हुने गर्छ । तर, आमा बन्नको लागि सामाजिक र शारीरिक रुपमा सक्षम नभइरहेको बेलामा पनि अन्जानमा गर्भ बस्न सक्छ । पछिल्लो समय यौनको मामला खुल्ला हुँदै गएको छ । कहिलेकाहीँ करकारपमा परेर वा अरुको लहैलहैमा पनि नचाहेरै कैयौं महिलाहरुको गर्भ बस्न जान्छ । परिवार नियोजनको कारणले धेरै महिलाहरु दोस्रो बच्चाको लागि तयार हुँदैनन । तर गर्भपतन गर्ने पनि छुट्टै समय र तरिका हुन्छ ।

इच्छा बिना नै बसेको गर्भलाई पेटबाट छुटकारा दिनको लागि मुख्यतया दुईवटा तरिका हुन्छ । पहिलो मेडिकलमा गएर गर्ने गर्भपतन र दोस्रो सर्जिकल तरिका । मेडिकलमा गएर गर्ने गर्भपतन करिब ७ हप्तासम्म मात्रै गर्न सकिन्छ । धेरै भए ८ हप्तासम्म । तर, जति धेरै मेडिकलमा गर्भपतन गराउने गरिन्छ । त्यति नै धेरै सफल हुने सम्भावना हुन्छ ।

यसबारेमा भएका अधिकांश अध्ययनहरुले पनि औषधि खाएर गर्भपतन गराउने विधि पनि शतप्रतिशत प्रभावकारी हुन नसकेको प्रतिवेदन सार्वजनिक गर्ने गरेका छन् । कैयौं पटक ७ या ८ हप्तापछि यो औषधिले पूरा रुपमा गर्भपतन गराउन सक्दैन । औषधिबाट गर्भपतन गराउने अधुरो हुने गर्दछ । औषधि खाएर पनि पछि सर्जिकल तरिकाले गर्भपतन गराउनु पर्नेछ ।

गर्भपतनको औषधि खानु पहिले यी कुरामा ध्यान दिनु जरुरी छ 

– सबैभन्दा पहिले महिलालाई काउन्सिलिञ्को माध्यमबाट सोधिन्छ कि उनी गर्भपतन गराउन चाहन्छिन् कि चाहँदिनन् रु
– त्यसपछि सोनोग्राफी गरेर बच्चाको अवस्थाबारे जानकारी लिइन्छ ।

– त्यसपछि महिलाको रगत जाँच गरेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्छ । उनलाई औषधि दिएर गर्भपतन गराउन कत्तिको उपयुक्त हुन्छ रु त्यो जानकारी लिनु पर्दछ । किनभने कुनैपनि महिलाले गर्भपतन गराउँदा उनीहरुको हेमोग्लोविन १२ स्तरमा छ भने त्यो ८ मा आईपुग्छ र ८ तहमा त भने त्यो ४ मा आईपुग्छ । यो स्थितिमा महिलालाई अस्पताल पठाउने गरिन्छ ।
– महिलाको परिवारमा कुनै समस्या वा अन्य कुनै समस्या भएमा पनि यस्तो औषधि दिनु हुँदैन ।

– यदि महिला मुटु रोगी, दम, मधुमेह, एनिमिया वा अन्य कुनै बिरामी भएपनि त्यस्तो औषधि दिनु हुँदैन ।

– धेरै बिँडी वा चुरोट पिउने र एचआईभी पीडितलाई पनि यस्तो औषधि दिनु हुँदन ।

– गर्भपतन गराउने महिलाको उमेर १८ वर्षदेखि ३५ वर्ष भन्दा माथिको छ कि छैन रु ध्यान दिनुपर्छ ।

कुमारी स्त्रीहरुमा यो औषधि धेरै चर्चित छ । हिजो आज महिलाहरु परिवार नियोजनको साधन प्रयोग बिना नै यौन सम्पर्क गर्दा गर्भवती हुने गर्दछन् । यस्तो अवस्थामा उनीहरुलाई यस्तो औषधि प्रयोग गर्दा अस्पताल गइरहनु आवश्यक हुँदैन । बजारबाट गर्भपतन कीट ल्याएर युरिन टेस्ट गरेपछि महिलाहरु आफैं घरैमा बसेर यस्तो औषधि प्रयोगमा ल्याउन सक्छन् । यद्यपि डाक्टरको सल्लाह बिना यस्तो औषधि लिनु ठीक भने हुँदैन ।

यस्तो गर्भपतन सम्बन्धी औषधि पटक पटक लिनु स्वास्थ्यको लागि राम्रो हुँदैन । यसको पटक पटकको प्रयोगले हामीलाई समस्या सिर्जना हुनसक्छ । कोही यसलाई पटक पटक प्रयोग गर्छ भने उनीहरुको हर्माेन परिवर्तन हुने सम्भावना हुन्छ ।

– यसले बाँझोपनको सम्भावना पनि बढी हुन्छ ।

– पछि बच्चा पैदा गर्ने काममा समस्या हुने गर्दछ ।

– औषधि लिएको ४८ देखि ७२ घण्टामा रगत बग्न सुरु हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment