Comments Add Comment

‘सरौतो’देखि ‘दयारानी’सम्मको रिलिज डेट हेरफेर

कात्तिकको ८ गते रिलिज हुन लागेको चलचित्र ‘घामड शेरे’को निर्माण टिमले शोज कम पाएको भन्दै २ साता अर्थात कात्तिक २२ लाई प्रदर्शन मिति सारेपछि केही नेपाली चलचित्रको रिलिज डेट प्रभावित भएको छ ।

यो प्रभाव विशेषगरि कात्तिकको २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’लाई बढी परेको देखिन्छ ।  ‘सरौतो’ कात्तिक २९ गते रिलिज हुने चर्चा भएपनि अन्ततः यो चलचित्रलाई मंसिरको १३ गते रिलिज गर्ने तयारी गरिएको छ । कात्तिक २९ गते यसअघि नै चलचित्र ‘मिस्टर नेपाली र माछा माछा’ रिलिज हुने पक्का छ ।

अब, मंसिरको १३ गते ‘सरौतो’ रिलिज हुनेछ भने यो मितिमा रिलिज हुने भनिएको ‘प्रेम संसार’ चलचित्र मंसिरको २७ गते पुगेको छ ।

यस्तै, मंसिरको २० गते भने चलचित्र ‘दयारानी’ रिलिज हुने भएको छ । एफडी कम्पनीका प्रमुख सुशिल पोखरेलले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका छन् । चलचित्र ‘दयारानी’ प्रदर्शन मितिका लागि भागिरहेको चलचित्र हो ।

मंसिर ६ गते रिलिज हुने भनिएको ‘च च हुई’ भने सोही मितिमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment