Comments Add Comment

सुमीको आशा

सुमी मोक्तानले केही चलचित्रमा अभिनय गरेकी छिन् । तर, उनको नै मुख्य भूमिका रहेको चलचित्र भने ‘सरौतो’ हो । जहाँ उनले सिंगो चलचित्र नै धानेकी छिन् । नेपाली चलचित्रमा नायिकालाई एक्सन भूमिकामा कमै मात्र उभ्याइन्छ । सुमी यस अर्थमा भाग्यमानी पनि हुन् ।

हेर्दा बोल्ड स्वभावकी सुमीले चलचित्रमा पनि यस्तै खालको भूमिका निर्वाहा गरेकी छिन् । यो बदलाको कथामा बनेको चलचित्र हो । चलचित्रका लागि सुमीले मार्सल आर्ट सिकेकी थिइन् । ‘२ बर्ष त मार्सल आर्ट नै सिकेकी छु । यसैले पनि आफूले गरेको मिहिनेतलाई ठूलो संख्यामा दर्शकले हेरुन् भन्ने लाग्छ ।’

हरि हुमागाँइको निर्देशनमा बनेको चलचित्रको छायांकन पाटो मात्र उत्कृष्ट नभएको सुमी सुनाउँछिन् । उनी भन्छिन्–‘हरि दाइको चलचित्र भएकाले यस्तो शंका लाग्नु स्वभाविक नै हो । तर, चलचित्रको कथावस्तु पनि शक्तिशाली छ ।’

यो चलचित्र व्यापारिक रुपमा पनि सफल भएको खण्डमा सुमीको आगामी बाटो सुखद हुनेछ । उनी यसको आशामा पनि छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment