Comments Add Comment

१७ दलले जनाए आचार संहिता पालना गर्ने प्रतिवद्धता

१४ कात्तिक, काठमाडौं । प्रमुख राजनीतिक दलले मंसिर १४ गते हुने उपनिर्वाचनमा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।

बिहीबार निर्वाचन आयोगले बोलाएको बैठकमा विभिन्न १७ दलका प्रतिनिधिले मन, वचन र कर्मले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदमा हुने उपनिर्वाचनको समयमा आचार संहिता पालनाको विषयमा छलफल गर्न आयोगले सरकार र विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले बताए ।

सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत गएका थिए ।

नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, नेपाली कांग्रेसका तर्फबाट नेता एनपी साउदलगात सहभागी भएका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा ७६ दलले र स्थानीय तहको उपनिर्वाचनमा ७८ दलले सहभागीता जनाउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment